धुलाबारी । होलीबेल अंग्रेजी उमावि मेचीनगर ६ ले २०७२ सालमा कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई विदाई र यो वर्ष कक्षा ११ मा अध्ययन गर्नेलाई स्वागत गरेको छ ।
विद्यालयमा रहेको सनराइज बाल क्लबकोक आयोजनामा शनिवार धुलाबारीमा आयोजित कार्यव्रmममा उनीहरुलाई विदाई र स्वागत गरिएको हो । विद्यार्थीहरुलाई मायाको चिनोसहित फुलअबिर लगाएर सम्मान गरिएको थियो ।
सोही अवसरमा विद्यालयले आयोजना गरेको हालीबेल मिस्टर मिस प्रतियोगिता समेत सम्पन्न गरेको थियो । प्रतियोगितामा नविन राई मिस्टर फ्रेसर र श्रद्रा राई मिसेर फ्रेसर भएका थिए । उनीहरुलाई विद्यालयका संस्थापक प्रिन्सिपल अणु प्रधान, संस्थापक अमृता प्रधान, उमावि प्रिन्सिपल अरिस्ता प्रधान, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बस्नेत, पर्शुराम तिम्सिनालगायतले पुरस्कार वितरण गरेका थिए ।
अध्यक्ष गोपाल बस्नेतको सभापतित्वमा सम्पन्न कार्यव्रmमको स्वागत शिक्षक सुरज काकीले गरेका थिए भने सञ्चालन विद्यार्थीहरु ममता शाह, नानी चौधरी, पवन कडरीया र इषा गुप्ताले संयुक्त रुपमा गरेका थिए ।