विद्यार्थीलाई जेसीजले दियो व्याग र जुत्ता

  प्रकाशित मिति
२० बैशाख २०७५, बिहीबार १३:०७


बिर्तामोड। कारागारमा रहेका अभिभावकका आश्रित, असहाय र विपन्न ३५ विद्यार्थीलाई वीरता जेसीजले विद्यालय ब्याग, जुत्ता लगायतका सामग्री सहयोग प्रदान गरेको छ ।

झापाको अर्जुनधारा–११ स्थित जुनकिरी सार्वजनिक प्राथमिक विद्यालयमा अध्ययनरत् ती विद्यार्थीलाई आज बिहीबार एक कार्यक्रमकाबीच वीरता जेसीजले उक्त सामग्री हस्तान्तरण गरेको हो ।

वीरता जेसीजका अध्यक्ष एकराज गिरी र प्रमुख अतिथि बन्दी सहायता नेपालकी संस्थापक अध्यक्ष तथा वल्र्ड चिल्ड्रेन प्राइज विजेता इन्दिरा राना मगरले उक्त सामग्री विद्यालयका प्रधानाध्यापक रञ्जित परियारलाई हस्तान्तरण गरे ।

जुनकिरी प्राविमा कारागारमा रहेका अभिभावकका १४ जना तथा सिमान्तकृत समुदायका बालबालिका अध्ययनरत् छन् । ती बालबालिकालाई विद्यालय ब्याग, जुत्ता लगायतका सामग्री अति अभाव भएको भनी विद्यालयको अनुरोधमा वीरता जेसीजले सामग्री हस्तान्तरण गरेको हो ।

कार्यक्रम संयोजक वीरता जेसीजका उपाध्यक्ष पवन न्यौपानेले स्वागत गरेको समारोहमा औचित्यमाथि प्रकाश अध्यक्ष गिरीले पारेका थिए भने प्रमुख अतिथि मगरले अभावका बीच शिक्षा आर्जन गरिरहेका बालबालिकालाई सहयोग पुर्याएको भन्दै वीरता जेसीजलाई धन्यवाद ज्ञापन गरिन् ।
वीरता जेसीजले आफ्ना पदाधिकारी तथा सदस्यको जन्मदिन परोपकारी कार्यका साथ मनाउने अभियान अन्तर्गत उपाध्यक्ष न्यौपानेको जन्मदिनमा न्यौपाने र युवा समाजसेवी तथा औषधि व्यवसायी घनेन्द्रराज खनालको सहयोगमा वीरता जेसीजले विद्यार्थीलाई उक्त सामग्री प्रदान गरेको हो ।
कार्यकारिणी उपाध्यक्ष मिजास पोखरेलले जेसीआई मिसन र भिजन वाचन गरेका थिए भने नेपाल जेसीज र वीरता जेसीजको यस वर्षको प्रकरण वाचन कानूनी सल्लाहकार दिवाकरलाल चौधरीले गरेका थिए । महासचिव विनोद पाण्डेले सञ्चालन गरेको कार्यक्रममा जनसम्पर्क अधिकारी कुशल खतिवडाले आस्था वाचन गरेका थिए ।

युवा समाजसेवी खनालले वीरता जेसीजको आयोजनामा भएको कार्यक्रमकाबीच विद्यार्थीलाई सहयोग गर्न पाएकोमा धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा वीरता जेसीजका पूर्व अध्यक्ष विनोद बस्नेत, वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष नैनकला भट्टराई, कार्यकारिणी उपाध्यक्ष सुष्मा भण्डारी, विद्यालयका अध्यक्ष तीर्थबहादुर राई, शिक्षक अभिभावक संघका अध्यक्ष डम्बरबहादुर श्रेष्ठ, संगीतकार हस्त परियार, पिए नेपालका सहसंयोजक अर्जुनकुमार थेवे, जुनकिरी प्राविका संस्थापक अध्यक्ष जगतबहादुर मगर, मनमाया राना मगर लगायतको आतिथ्य थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: