विद्यार्थीलाई सोलार उपहार

  प्रकाशित मिति
२८ भाद्र २०७४, बुधबार १०:४०


solar

मेचीनगर । कविशिरोमणि मावि कक्षा ६ मा अध्ययरत दिक्षा दनुवार मङ्गलवार हर्षित मुद्रामा थिइन् । पढ्नका लागि विद्यालय आएकी उनलाई शिक्षकहरुले कार्यालयमा बोलाएर हातमा सोलार प्यानल दिएपछि एकछिन त उनी अकमक्क परिन् । तर, उक्त सोलार उनलाई पढाइमा सहज होस् भन्नका लागि दिएको भनेपछि खुसी भइन् । आर्थिक अवस्थाकै कारण उनको घरमा बिजुली बत्ती जोडिएको छैन । टुकी बालेर जसोतसो पढ्दै आएकी दिक्षाका लागि यो प्यानल बरदान सावित भएको छ । घरमा पढ्ने बेलामा बत्ती नभएको समस्याले हैरान भएकी उनलाई उक्त सोलार बत्तीले सहज बनाउने भन्दै खुसी व्यक्त गरिन् ।

कक्षा ९ कि आश्मा नेपाली पनि उस्तै नै खुसी थिइन् । उनको पनि घरको अवस्था दिक्षाको भन्दा कम छैन । उनलाई पनि विद्यालयले एकथान सोलार प्यानल दिएपछि पढाइमा सहज हुने बताइन् ।

दिक्षा र आश्मा मात्र होइन । उनीहरु जस्ता १३ जना विद्यार्थीको खुसी एउटै थियो । घरमा विजुली बत्ती नभएका विद्यार्थीहरुको पहिचान गरी पढाइमा सहज बनाउनका लागि उक्त सोलार प्यानल वितरण गरिएको हो ।

वैकल्पिक उर्जा प्रवर्धन केन्द्र ललितपुले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सोलार प्यानल वितरण गरेको थियो । अघिल्लो वर्ष मेचीनगरका सामुदायिक विद्यालमाय अध्ययनरत विद्यार्थी जसको आर्थिक अवस्थाका कारण घरमा बिजुली बत्ती जोडिएको छैन । त्यस्ता विद्यार्थीको पहिचान गरी उक्त संस्थाले विरतण गर्ने तयारी गरेको थियो ।

जसअनुसार मङ्गलवार झापाका ३ वटा विद्यालयका विद्यार्थीलाई प्रदान गरेको हो । यसरी यो सुविधा पाउने विद्यालयमा कविशिरोमणि मावि, बालकल्याण मावि मेचीनगर–५ र धुलावारी मावि रहेका छन् । कविशिरोमणिले १३ वटा, बालकल्याणले १७ र धुलावारीले ३७ वटा सोलार प्यानल पाएका छन् । जसमा कविशिरोमणिमा मङ्गलवार नै सबै प्यानल वितरण गरिएको छ भने बालकल्याण र धुलावारीले बुधवार विद्यार्थीको पहिचान गरी वितरण गर्ने बताइएको छ ।
कविशिरोमणिका सागर मेचे, आश्मा राई, अजय किसान, निश्चल कुमाल, रोशन मेचे, रमेश चौधरी, विनिता भट्टराई, विना लिम्बू, रेखा पराजुली, दिक्षा दनुवार, पवित्रा न्यौपाने र आश्मा नेपालीले सोलार पाएका हुन् ।

आर्थिक अवस्थाका कारण घरमा बिजुली बत्ती जोड्न नसकेर बत्ती भएपनि दुःख गरेर पढ्ने नानीहरुको पहिचान विद्यालयले गरेको थियो । त्यसै आधारमा उनीहरुलाई सोलार प्यानल वितरण गरिएको कविशिरोमणिका शिक्षक दामोदर ढुङ्गेलले बताए ।

झापाका अन्य कति विद्यालयमा सोलार वितरण गरिएको छ भन्ने एकिन तथ्यांक छैन । शिक्षक ढुङ्गेलका अनुसार उक्त प्यानलमा २ थान बल्भ, एकथान सोलार प्यानल, एकथान व्याट्री र केवल तार रहेको छ । जुन जो कोहीले पनि सहजै जोड्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: