‘स्मरण कला’ सिकाउँदै अर्पण

  प्रकाशित मिति
१४ मंसिर २०७३, मंगलवार १९:११


arpan-training
कीर्तिमानी अर्पणकै जस्तो स्मरणकला प्रस्तुत गर्दै नवोदय कक्षा ८ की साधना दङ्गाल ।

विर्तामोड । स्मरण शक्तिमा संसारकै तेजस्वी सावित नेपाली युवा अर्पण शर्माले आफुमा भए जस्तै अद्भूत स्मरणकला विद्यार्थीहरूलाई सिकाउन थालेका छन् ।

भद्रपुर निवासी अर्पण स्मरण शक्तिमा विश्व कीर्तिमान कायम गरेका व्यक्ति हुन् । उनले झापाका विभिन्न स्कुलमा गएर विद्यार्थीलाई स्मरण शक्ति बढाउने कला सिकाउन थालेका हुन् ।

विर्तामोडको नवोदय शिक्षा सदनका कक्षा ५ देखि ८ सम्मका डेढ सय विद्यार्थीलाई स्मरण शक्ति बढाउने कला सिकाएका छन् ।
सदनका प्रिन्सिपल धर्मराज माझीका अनुसार स्मरण शक्ति (मेमोरी पावर) अभिवृद्धि सम्बन्धी ७ दिवसीय तालिम मङ्गलवार सकिएको छ । तालिमबाट नयाँ ज्ञान र प्रविधि सिक्न पाएर विद्यार्थी दङ्ग छन् ।

‘छिटो सम्झने र पढेका विषय दिमागमा रहिरहने वैज्ञानिक विधि के होला भनेर हामी शिक्षकहरू पनि खोजी गरिरहेका थियौँ’, तालिमको समापन अवसरमा बोल्दै प्रिन्सिपल माझीले सुनाए–‘वास्तवमा अर्पण भाईले अपनाएको स्मरण विधि हामीलाई सबैभन्दा बैज्ञानिक लाग्यो ।’
अर्पणले विद्यार्थीलाई कुनै पनि कुरा चित्रमा सम्झिन र सम्झेको चित्र दिमागमा सिलसिलेवार कसरी राख्ने भन्ने विधि सिकाएका छन् ।

नवोदय शिक्षा सदनको कक्षा ८ की साधना दङ्गालले स्मरण बढाउने अर्पण सरले सिकाएको विधि आश्चर्यजनक र फलदायी लागेको बताइन् ।
साधनाले पत्रकारहरूकै सामू आफ्नो स्मरण कला प्रस्तुत गरेर समेत देखाइन् ।

तालिम समापन कार्यक्रममा पत्रकारहरूको बाक्लो उपस्थिति थियो भने अर्पणका वुवा मोहन कट्टेल, विद्यालयका शिक्षकहरू लगायत अतिथि थिए ।

कीर्तिमानी अर्पणले आफुले प्राप्त गरेको ज्ञान र कला बाड्न चाहेको बताउँदै त्यही उद्देश्यले मेमोरी सेमिनारमा सहभागी हुन थालेको आफ्नो मन्तव्य क्रममा सुनाए ।

मेमोरी सेमिनारमा सहभागी विद्यार्थीले आफुले जत्तिकै स्मरण क्षमता विकास गरेको अर्पणको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: