विद्यालयका क्वारेन्टाइनलाई सामुदायिक भवनमा सारिने

  प्रकाशित मिति
३० जेष्ठ २०७७, शुक्रबार २०:०१


मेचीनगर । मेचीनगर नगरपालिकाले नगर भित्रका विद्यालयमा राखिएका क्वारेन्टाइनहरुलाई विस्थापित गराएर सामुदायिक भवनहरुमा क्वारेन्टाइन राख्ने निर्णय गरेको छ ।

गत बुधबार नगर कार्यपालिकाको वैठकलले मेचीनगरभित्र विद्यालयमा राखिएका क्वारेन्टाइनहरुलाई हटाएर सामुदायिक भवनहरुमा राख्ने निर्णय गरेको हो ।

शुक्रबार मेचीनगर–१०, धुलाबारी स्थित राधास्वामि भवनको क्वारेन्टाइनमा बसेका ६ जना महिला, २ जना बालबालिका र ९ जना पुरुषलाई अतिथि सदनको क्वारेन्टाइनमा सारिएको छ ।

अतिथि सदनको माथ्लो तलामा पुरुष, तल्लो तलामा महिलाका लागि व्यवस्थित र सुरक्षित क्वारेन्टाइन शुक्रबारदेखि शुरु गरिएको मेचीनगरपालिकाकी उपप्रमुख मिना पोखरेल उप्रेतीले बताइन् ।

सामुदायिक भवनको क्वारेन्टाइनमा बस्ने सबै जनालाई खानाको व्यवस्था मेचीनगरपालकाले गर्ने उनले जानकारी दिइन् ।

‘हाल नगरभित्रका विद्यालयका क्वारेन्टाइमा बसेकाहरुको अवधि पुगेकाको पीसीआर टेष्ट गरेपछि नेगेटिभ आए होम क्वारेन्टाइनमा पठाइनेछ’, उपप्रमुख उप्रेतीले भनिन्–‘अब नयाँ आउने नगरबासीका लागि सामुदायिक भवनको क्वारेन्टाइनमा राखिने छ ।’

उनले आजसाँझ ६ जना महिलाहरु कुवेतबाट काठमाडौँ हुँदै मेचीनगर आउँदै गरेको बताइन् । उनीहरुलाई पनि अतिथि सदनको तल्लो तलाको महिला क्वारेन्टाइनमा राखिने उपप्रमुख उप्रेतीको भनाई छ ।

नगरभित्रका विद्यार्थीहरुको पढाइलाई मध्यनजर गर्दै विद्यालयका क्वारेन्टाइनहरु अब सामुदायिक भवनमा सारिने मेचीनगरपालिकाका प्रमुख विमल आचार्यले बताए ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: