विद्यालयमा बम विस्फोट गराउनेलाई कडा कारबाहीको माग

  प्रकाशित मिति
४ आश्विन २०७३, मंगलवार १८:३३


ljBfnosf 9f]sfdf ad /fhwfgLsf] af}4 If]qdf /x]sf] afn;+;f/ :s'nsf] 9f]sfdf dªunaf/ laxfg zªsf:kb j:t' e]l6Pkl5 ;f] :yfgdf /flvPsf] k|];/ s's/ ad g]kfnL ;]gfsf] ad l8:kf]hn 6f]nLn] lgliqmo kfb}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ, ४ असोज । विद्यालय क्षेत्रमा बम विस्फोट गराउने आतङ्ककारीलाई तत्काल कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ ।

निजी तथा आवासीय विद्यालय संगठन, काठमाडौँ जिल्लाले आज आयोजना गरेको कार्यक्रममा उच्च मावि सङ्घ निजी तथा आवासीय विद्यालय संगठन ९प्याब्सन० र राष्ट्रिय निजी तथा आवशीय विद्यालय संगठन ९एनप्याब्सन०का अध्यक्ष तथा शिक्षकले घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन् ।

हिसानका अध्यक्ष रमेश सिलवालले शान्ति क्षेत्रमा यसरी बम आतङ्क हुनु दुःखद भएको बताउँदै सो घटना नियन्त्रण गर्नका लागि राज्य गम्भीर बन्नुपर्नेमा जोड दिए ।

प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले बम आतङ्कका कारण विद्यार्थी र अभिभावक मनोवैज्ञानिक रुपमा त्रसित भएको जानकारी दिँदै शान्ति क्षेत्रका रुपमा रहेका विद्यालयमा यस्ता घटना घट्नु दुःखद भएको बताए ।

एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले विद्यालय क्षेत्रमा यस्ता घटना घटेपछि शिक्षा मन्त्रालयको धारणा आउनुपर्ने विचार राख्दै कुनै दलको सङ्गठनका नाममा निजी विद्यालयमाथि गम्भीर आक्रमण भइरहँदा सरकार र अधिकारवादी मौन बस्नु दुर्भाग्य भएको बताए ।

कार्यक्रममा प्याब्सनका महासचिव डिके ढुङ्गानाले आजको घटनाको सम्बन्धमा शिक्षा मन्त्रालय र गृहमन्त्रालयसमक्ष कुरा राखेर दोषीलाई कारबाही गर्न माग गरिने जानकारी दिए ।

शिक्षक भवानीप्रसाद पौडेल, शिक्षिका रीता राईलगायतले शान्ति क्षेत्र घोषणा भएको विद्यालयमा बम पड्काउनु अपराधपूर्ण कार्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: