विद्यालयमा मेयरको छड्के अनुगमन

  प्रकाशित मिति
२२ फाल्गुन २०७४, मंगलवार २०:०२


खुदुनाबारी । अर्जुनधारा–९ स्थित आनन्द नगरमा रहेको बालज्योति प्राथमिक विद्यालयमा नियमित रुपमा पढाइ नभएको पाइएको छ ।

अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाको वडागत विकास र प्रगतिबारे अनुगमनको व्रmममा सो विद्यालयमा यस्तो भेटिएको हो ।

मङ्गलबार बिहान १० बजेर १५ मिनेटमा विद्यालय परिसरमा मेयर रानाको छड्के अनुगमन टोली पुग्दा विद्यार्थी खेल मैदानमा खेलिरहेका थिए । तीनजना शिक्षक विद्यार्थी खेलिरहेको हेरिरहेका थिए ।

प्रधानाध्यापक सन्तोष पौडेललाई मेयर रानाले भेट्न खोज्दा उनी काममा बाहिर गएको पाइएको थियो । प्रधानाध्यापक पौडेलसँग सम्पर्क गर्दा आपतकालीन बैठकमा इलाम जानुपर्ने भएकाले कर्मचारी निर्मला पौडेललाई फोन गरेर शिक्षक पूजा भारतीलाई निमित्त तोकेको बताए ।

मेयर रानाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकासको लागि आफू प्राथमिकता साथ लागेको बताउँदै बालज्योति विद्यालयको विषयमा शिक्षा शाखालाई आवश्यक निर्देशन दिइसकेको जानकारी दिए ।

नगर शिक्षा अधिकृत जानुका गुरागाईले राम्रा र नराम्रा पक्षलाई ध्यान दिएर नियमअनुसार कारबाही गरिने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: