विद्यालय आउँदै गरेकी बालिकामाथि दूव्र्यवहार

  प्रकाशित मिति
३ भाद्र २०७५, आईतवार १०:३२


मेचीनगर । कोचिङ पढ्न विद्यालय आउँदै गरेकी एक बालिकामाथि आज विहान मेचीनगर वडा नं.६ स्थित सतिघट्टा मार्गको चिया बगानमा दुव्र्यवहारको भएको प्रहरीले जनाएको छ ।

स्थानीय लोफोफोरस अङ्ग्रेजी माध्यामिक बिद्यालयमा अध्ययनरत १४ बर्षीया वालिका कोचिङ कक्षाका लागि बिद्यालय आउँदै गर्दा बिहान ७ बजे बगानको बिचमा दुव्र्यवहार भएको हो ।

प्रहरीका अनुसार साइकलमा विद्यालय आउँदै गरेकी बालिकालाई बगानको बिचमा आईपुगे पछि तीन जना केटाहरुले रोकेर स्कुल ब्याग समेत फालेर बगान भित्र लगी जबरजस्ती गर्न खोजेपछि बालिका चिच्याएकी थिइन् । बालिका चिच्याएपछि केटाहरु भागेका थिए ।

रुदै विद्यालय आइपुगेकी बालिकाले घटना बारे प्रिन्सिपललाई जानकारी गराएपछि घटना सार्वजनिक भएको हो । तत्काल प्रिन्सिपलले इलाका प्रहरी कार्यालय काँकडभिट्टा पुगेर घटना बारे जानकारी गराउनुभएको थियो ।

बालिकाले प्रहरीलाई दिएको हुलया अनुसार दुव्र्यवहार गर्न खोज्ने युवाहरुको खोजी भइरहेको इप्रकाका प्रहरी नायब उपरीक्षक महेश थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: