मेचीनगर, १५ साउन । नेपाल विद्यालय कर्मचारी परिषद् मेचीनगर समितिले पारिश्रमिकमा भएको विभेदका विषयमा सरोकारवालासँग छलफल गरेको छ ।
आइतबार इटाभट्टास्थित आदर्श माविमा भएको छलफलमा केन्द्रीय तथा स्थानीय सरकारले आफूहरुलाई दोस्रो दर्जामा राखेको बताएका थिए ।
सहभागीहरुले पारिश्रमिकमा आफूहरु ठगिएको भन्दै न्यायको लागि आन्दोलन गर्ने सम्मको चेतावनी दिए । आफूहरुका समस्याका विषयमा छलफल गरेर निर्णयमा पुग्ने परिषद्का अध्यक्ष हरि कट्टेलले बताए ।
विद्यालय कर्मचारी परिषद् मेचीनगर अध्यक्ष हरि कट्टेलको अध्यक्षता तथा परिषद्का जिल्ला अध्यक्ष चन्द्रप्रसाद प्रसाईंको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल शिक्षक संगठन झापा सचिव लम्बोदर पौडेल, नेपाल शिक्षक महासंघ मेचीनगर अध्यक्ष केशव पौडेल, नेपाल शिक्षक संगठन मेचीनगर सचिव डिगेन्द्र तिवारी, कर्मचारी परिषद्का प्रदेश नम्बर १ का पूर्व अध्यक्ष विष्णुप्रसाद अधिकारी, नेपाल शिक्षक संघ मेचीनगरका अर्जुनकुमार कार्की लगायतले सुझाव सहितको धारणा राखेका थिए ।