विद्यालय खोल्न अनुमति देउँ : संस्थागत विद्यालय

  प्रकाशित मिति
२८ भाद्र २०७८, सोमबार २२:०४


मेचीनगर, २८ भदौ । संस्थागत विद्यालयका सञ्चालकहरुले विद्यालय सञ्चालन गर्ने वातावरण तयार गरिदिन अनुरोध गर्दै मेचीनगर नगरपालिकामा आइतबार ज्ञापन पत्र बुझाएका छन् ।
एन प्याब्सन र प्याब्सनका मेचीनगर अध्यक्षद्वय भगिरथ राई र डम्बर रुचालद्वारा हस्ताक्षर गरिएको ज्ञापन पत्र नगर प्रमुख विमल आचार्य तथा उपप्रमुख मीना पोखरेल उप्रेतीलाई हस्तान्तरण गरिएको हो ।

लामो समयदेखि कोभिडका कारण विद्यालयहरु बन्द रहेका कारण शैक्षिक गतिविधि अस्तव्यस्त बनेको र बैकल्पिक सिकाइ सहजीकरणमा आधाभन्दा धैरै विद्यार्थीहरु नसमेटिएको, अभिभावकहरुबाट समेत विद्यालय सञ्चालनमा दबाब आउन थालेको, विद्यालय बन्द हुँदा विद्यालयमा आस्रित हजारौं श्रमजीवी शिक्षकहरुको रोजगारी संकटमा पर्न गएको र अहिले कोभिडको संक्रमण घट्दै गएका कारण विद्यालय सञ्चालन गर्ने वातावरण बनाईदिन ज्ञापन पत्रमा माग गरिएको छ ।

स्वास्थ्यका सम्पूर्ण मापदण्ड पुरा गरेर विद्यालय सञ्चालन गर्न .तयारी अवस्थामा रहेको र नगरबाट अनुमति प्राप्त भएमा हामी जुनसुकै बेला विद्यालय सञ्चालन गर्न सक्ने कुरा प्याब्सन मेचीनगरका अध्यक्ष डम्बर रुचालले बताए ।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख आचार्यले विद्यालय सञ्चालन गर्ने वातावरण बनाउन जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी विद्यालय सञ्चालन गर्न दिने अनुमति लिन आफूले प्रयत्न गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: