विद्यालय बन्द गर्न निर्देशन

  प्रकाशित मिति
१४ जेष्ठ २०७३, शुक्रबार ०८:३१


sanitation.jpg

विर्तामोड । विर्तामोडका दर्जन बढी विद्यालय दर्ताबिना सञ्चालनमा रहेको पाइएको छ । जिल्ला शिक्षा कार्यालयको सव्रिmयतामा बिहीवार भएको अनुगमनको व्रmममा त्यस्तो पाइएको हो ।

विर्तामोड नगरपालिकाको निदि उच्चमाविले कक्षा–४ र ५ को अनुमति लिएको छैन । कक्षा–१ देखि ३ सम्म र कक्षा ६ देखि १० सम्म मात्र अध्ययन÷ अध्यापन अनुमति लिएको निदिले १ देखि १० सम्म कक्षा चलाइरहेको छ । अनुगमनका व्रmममा जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले बिनाअनुमति सञ्चालित कक्षा–४ र ५ बन्द गर्न निर्देशन दिएका छन् ।

बिर्तामोड–६ मा दर्ता रहेको शुभतारा एजुकेशन फाउण्डेसनलाई खारेज गरिने लुइँटेलले बताए । उनले दर्ता गरेर पनि सञ्चालनमा नरहेका कारण सो विद्यालय खारेज गर्न निर्देशन दिएको जानकारी दिए ।

विर्तामोडको एमिटी स्कुलले विद्यार्थीबिनै कक्षा सञ्चालन गर्न अनुमति लिएको तथ्य खुलेको छ । एक जना पनि विद्यार्थी नभएको एमिटीले जिल्ला शिक्षा कार्यालय झापाबाट कक्षा–७ सम्म सञ्चालन गर्ने अनुमति लिएको बुझिएको छ ।

एमिटीले आदर्श सेकेण्डरी स्कुलका विद्यार्थी देखाएर तहगत तथा कक्षागत अनुमति लिएको पाइएको हो । जिल्ला शिक्षा अधिकारी लुइँटेलले कक्षा–७ सम्मको विद्यार्थी विवरण तुरुन्त पेश गर्न निर्देशन दिँदै त्यसो नगरे एमिटीको अनुमति खारेज गर्ने चेतावनी दिएका छन् । एमिटी विर्तामोडको चर्चितमध्येको स्कुल हो ।

यस्तै, विर्तामोडकै सगरमाथा स्कुलले पनि कक्षा सञ्चालन अनुमति नलिई ४ र ५ कक्षा सञ्चालन गरिरहेको हुनाले सो विद्यालयलाई समेत कक्षा बन्द गर्न पत्र पठाउने उनले बताए । सगरमाथाले कक्षा–१ देखि ३ सम्म र कक्षा–६ देखि १० सम्म सञ्चालन गर्न अनुमति पाएको उनले बताए । लुइँटेलले झापामा बिनादर्ताका सबै विद्यालय बन्द गर्ने अभियान सुरु गरिएको जानकारी दिए ।

विद्यार्थी सङ्घसङ्गठनका जिल्ला नेता, जिशिअ सहित पत्रकार समेतको अनुगमन टोलीले यस शैक्षिक सत्रको सुरुवातमा पहिलो पटक अनुगमन गरेको हो । शैक्षिक विकृति रोक्न शिक्षा क्षेत्र सुधारको योजना अनुसार अभियान थालिएको जिशिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: