विद्यालय सञ्चालन गर्न मेचीनगरमा सर्वपक्षीय सहमति

  प्रकाशित मिति
१३ मंसिर २०७७, शनिबार १७:१३


झापा, १३ मङ्सिर । मेचीनगर नगर पालिकाले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ ले तोकेको मापदण्ड पूरा गरेर नगरभित्रका निजी, सामुदायिक तथा धार्मिक विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

निमित्त नगरप्रमुख मीना पोखरेल उप्रेतीको सभापतित्वमा शनिवार बसेको सर्वपक्षीय बैठकले नेपाल सरकार शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले कोभिड–१९ को सन्दर्भमा तयार गरेको मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

शिक्षक, अभिभावक, विद्यालय, समुदाय, बाल तथा युवा क्लब, जनप्रतिनिधि, स्वास्थ्यकर्मी आदिको समन्वय र सहभागितामा विद्यालय खोल्ने आधार तयार गरिएको बैठकमा नगरशिक्षा अधिकारी होमनाथ भण्डारीले बताए । उनले विद्यालयहरुले अनिवार्य विद्यार्थी संख्याको आधारमा सफापानी र साबुन राखेर हातधुने व्यवस्था, मास्क, सेनिटाइजर, ग्लोब्सको अनिवाय प्रयोगलगायतका २० बुँदे सुरक्षित विद्यालय सञ्चालनको सूची बारे समेत जानकारी दिए ।

छलफलमा बोल्दैं संविधान सभा सदस्य रविन कोइरालाले विद्यालय सञ्चालन सतर्कता अप्नाउन जारी गरीएको विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ ले तोकेको मापदण्ड प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याए । उनले दक्ष र अनुभवी स्वास्थ्यकर्मीहरुबाट विद्यार्थीहरुलाई कोभिडका बारेमा परामर्श दिनुपर्नै, हरेक विद्यालयले अभिभावकको भेला बोलाएर कोभिडका बारेमा छलफल चलाउनुपर्ने समेत बताए ।
विद्यालय सञ्चालनमा नेपाल सरकारले तोकेको मापदण्ड कार्यान्वयन भए नभएको लागि वडादेखि नगरस्तरीय अनुगमन टोली बनाई अनुगमन गरिनु पर्ने प्रदेश नम्बर १ का प्रदेश सभा सदस्य गोपाल बुढाथोकीले बताए ।

छलफलमा प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, राधा थापालगायतले नेपाल सरकार, प्रदेश सरकार स्थानीय तहबाट जारी गरिएका जनस्वास्थ्य एवम् सुरक्षा सम्बन्धि मापदण्डहरु पूर्णरुपमा पालना गर्ने गरी विद्यालय तथा शिक्षण संस्थाहरु सञ्चालन गर्न जोड दिएका थिए ।

लफलमा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य धनप्रसाद गुरुङ्ग, नेपाली काँग्रेसका झापा उपसभापति राम कट्टेल, क्षेत्रीय सभापति मणिकुमार उप्रेती, नेकपा मेचीनगर कमिटी इञ्चार्ज देवकुमार राई, नगर अध्यक्ष माधवलाल अर्याल, नेपाली काँग्रेसका मेचीनगर सभापति इन्द्रबहादुर बुडाथोकी, जनता समाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्ग राप्रपाका मेचीनगर अध्यक्ष सुशील आचार्यलगायतले आआफ्नो धारणा राखेका थिए ।

निमित्त नगरप्रमुख उप्रेतीले नगरपालिकाले अहिलेसम्म भए गरेका विकास निर्माणका कामका बारेमा समेत जानकारी गराएकी थिइन् । उनले कोभिड अस्पतालका आवश्यक जनशक्ति स्रोत साधनको व्यवस्थापन शुरु गरिएको समेत बताइन् । कोभिड १९ संक्रमण नियन्त्रण सम्बन्धी गरिएका गतिविधि, जनशक्ति व्यवस्थापनका लागि करारमा नियुक्तिका लागि सूचना प्रशारण गरिएको, अक्सिजन सिलिन्डरको व्यवस्थापन, संक्रमण देखिएका विपन्न परिवारका लागि निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाइएको बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: