विद्यावारिधि गर्नेलाई पचास हजार छात्रवृत्ति

  प्रकाशित मिति
८ माघ २०७६, बुधबार ०९:०२


मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले विद्यावारिधि (पीएचडी) अध्ययनका लागि नगरक्षेत्रका दुई विद्यार्थीलाई नगद रु. ५० हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ ।

मेचीनगर–११ का विष्णु रिमालले राजनीतिक शास्त्रमा र मेचीनगर–९ का सम्पर्कबाबु सिलवालले जलविज्ञान सम्बन्धी विषयमा विद्यावारिधिका लागि सो छात्रवृत्ति प्राप्त गरेका हुन् ।

मेचीनगर नगरपालिकाले माध्यमिक तहसम्मको शिक्षामा विपन्न, जेहेन्दार र दलित विद्यार्थीलाई यसअघिदेखि नै छात्रवृत्ति प्रदन गर्दै आए तापनि विद्यावारिधि तहमा पहिलोपल्ट प्रोत्साहनस्वरुप छात्रवृत्ति प्रदान गरेको हो ।

नगरपालिकाले झापा विद्रोहका सहिद विरेन राजवंशीको स्मृतिमा प्रत्येक बर्ष कूल रु. १० लाखको विपन्न तथा दलित छात्रवृत्ति वितरण गर्दै आएको छ ।

सो छात्रवृत्ति गत आर्थिक बर्षमा प्राविधिक विषयमा अध्ययनरत् ४७८ जनालाई वितरण गरिएको नगर शिक्षा शाखाका प्रमुख होमनाथ भण्डारीले बताए ।

उहाँका अनुसार कक्षा ११ र १२ मा पशु तथा कृषि विज्ञान पढ्ने विद्यार्थीहरुलाई गैरदलित भए रु. दुई हजार ५०० र दलित भए रु. तीन हजारका दरले वार्षिक छात्रवृत्ति वितरण गरिएको छ । नगरपालिकाले प्राविधिक विषयमा स्नातक र स्नाकोत्तर नगरका विद्यार्थीलाई नगद रु पाँच हजारका दरले रकम प्रदान गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: