‘विद्यावारिधि सकेर मात्र पुस्तक लेख्छु’

  प्रकाशित मिति
१ फाल्गुन २०७२, शनिबार ०३:१३


gyanendra (3)

राजनीतिक विषयमा मिहीन विश्लेषण गर्न सक्ने सामथ्र्य भएका युवा नेता हुन् विष्णु रिमाल । पत्रकारिता, राजनीति र शिक्षण तीन वटै विधामा समानान्तर रुपमा हात बढाइरहेका राजनीति शास्त्रका स्नातकोत्तर उनी अर्धवार्षिक जर्नल ‘निरुपण’का सम्पादक, युनिक इङ्लिस बोडिङ स्कुलका प्रिन्सिपल, नेपाली काङ्ग्रेसका क्षेत्रीय प्रतिनिधि र चारआली जेसीजका संस्थापक अध्यक्ष हुन् । प्रस्तुत छ उनीसँगको पुस्तक वार्ता–

कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
एम.के. सिंहको नेपालको अन्तर्राष्ट्रिय कुटनीति पढ्दैछु । अन्तर्राष्ट्रिय कुटनीतिको विद्यार्थी भएकोले त्यससँग सम्वन्धित पुस्तक पढेको हुँ ।

कस्ता पुस्तक बढी मन पर्छन् ?
राजनीति र जीवनीसँग सम्वन्धित पुस्तक बढी मनपर्छ । त्यसले समाज र जीवन बुझ्न सहयोग गर्छ ।

मन परेको नेपाली लेखक ?
सुधिर शर्मा र हरिबहादुर थापा । जसले नेपाली राजनीतिलाई सटिक रुपमा सही विश्लेषण गर्छन् जस्तो लाग्छ ।

साथीलाई कुन पुस्तक सिफारिस गर्नु हुन्छ ?
सफल व्यक्तिको जीवनीसँग सम्वन्धित पुस्तक पढ्न सिफारिस गर्छु । यसल जीवनमा केही गरु भन्ने उत्प्रेरणा भर्दछ । जस्तैः चर्चित पत्रकार विजयकुमारले लेखेको ‘खुशी’ ।

पुस्तक खरिदमा मासिक कति खर्च हुन्छ ?
त्यस्तो निश्चित छैन, आवश्यकता अनुसार ४÷५ हजारसम्म खर्च गर्न कञ्जुस्याइँ गर्दिन ।

पुस्तकसँग जोडिएको अविस्मरणीय घटना ?
सुवास देवकोटाद्वारा लिखित ‘शान्ति वार्ता अन्तर कथा’ पढ्दै आफूलाई चित्त बुझेको कुरा अन्डरलाइन गर्दै पढेको थिए । उक्त पुस्तक पढ्न एकजना साथीले लानुभयो र फिर्ता दिनुभएन । मलाई ठूलो क्षति भएको सम्झिए तत्पश्चात कसैलाई पढ्न किताब दिन छोडे ।

पुस्तक पढ्ने उपयुक्त समय ?
बेलुका खाना खाएपछि ।
पढिसकेपछि पुस्तक कसरी जतन गर्नु हुन्छ ?
¥याकमा सजाएर राख्छु । कसैलाई चलाउन दिन्न ।

पढ्न मन लागिरहेको पुस्तक ?
अमर न्यौपानेको ‘करोडौ कस्तुरी’ । किनभने मदन पुरस्कार पाएको लेखकको पुस्तक भएकोले ।

कुनै पुस्तक लेख्दै हुनुहुन्छ कि ?
अहिले छैन । विद्यावारिधिको अध्ययन सकेपछि मात्र लेखौँ भनेर उपयुक्त समयको पर्खाइमा छु । राजनीति र अन्तर्राष्ट्रिय कुटनीतिसँग गाँसिएको पुस्तक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: