विद्युतीय तारवारको उद्घाटन आज

  प्रकाशित मिति
१२ कार्तिक २०७३, शुक्रबार १३:२०


बाहुनडाँगी । विश्व बैङ्कको लगानीमा निर्माण गरिएको विद्युतीय तारबार शुव्रmवार उद्घाटन गरिँदैछ । बाहुनडाँगीमा आयोजित एक समारोहकाबिच वनमन्त्री शङ्कर भण्डारीले विद्युतीय तारबारको उद्घाटन गर्ने भएका हुन् ।

विद्युतीय तारबार उद्घाटन गर्नका लागि शुव्रmवार नै वनमन्त्री भण्डारी झापा आउँदैछन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माका अनुसार सोही कार्यव्रmममा हात्तीले पुर्याएको क्षतिपूर्तिका लागि ल्याइएको ९८ लाख रुपैयाँको प्याकेज अन्तरगत राहत वितरणलाई निरन्तरता दिइने छ । वि.सं. २०७१ माघ २३ गते तत्कालिन वनमन्त्री महेश आचार्यले उक्त सोलार फेन्सिङ शिलान्यास गरेका थिए ।

केन्द्रीय सदस्य शर्माका अनुसार अहिले बाहुनडाँगीबासी त्रासमुक्त भएर खाद्य बाली लगाएका छन् । विद्युतीय तारबारले प्रभावकारी कार्य गरेको बताउँदै शर्माले वनमन्त्रीले केही महत्वपूर्ण घोषणा गर्ने जनाएका छन् । विश्व बैङ्कको सहयोगमा बाहुनडाँगीको ठूलो समस्याको निकाश निस्किएकोमा उनले खुसी व्यक्त गरेका छन् ।

वनमन्त्री भण्डारीले हात्तीको आव्रmममणबाट ज्यान गुमाएका नागरिकलाई ५ लाख रुपैयाँ दिइँदै आएकोमा ७ लाख रुपैयाँ दिने घोषणा गर्ने छन् ।

यद्यपि, बाहुनडाँगीबासीको माग १० लाख रुपैयाँ रहेको मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा संरक्षण मञ्चका अध्यक्ष ढुण्डीराज पौडेलले बताएका छन् ।

मध्यान्ह १२ बजे हुने उद्घाटन कार्यव्रmममको सम्पूर्ण तयारी पूरा भएको काङ्ग्रेस बाहुनडाँगी सभापति नवीन बरालले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: