भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले उपभोक्तालाई मूल्य अभिवृद्धि करमा लाग्ने वस्तु तथा सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानीका लागि प्रोत्साहन गर्न विहीबार अन्तरक्रिया कार्यक्रम गरेको छ ।
काठमाडौं बाहिर पहिलोपटक चन्द्रगढीमा गरिएको कार्यक्रममा कार्यालयले कम्प्युरबाट विलिङ अनुमति लिएका करदाताहरुलाई अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सोबारे जानकारी गराइएको आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले बताए ।
उनले करदातालाई आयकर, मूअकर र अन्तशुल्क कर सम्बन्धी बक्यौता तथा विवरण भए तुरुन्त दाखिला गर्न आग्रह गरे ।
प्रमुख श्रेष्ठले यही फागुन १५ गतेबाट विद्युतीय माध्यमबाट भुक्तानी गर्ने करदातालाई प्रोत्साहन स्वरुप भुक्तानीको १० प्रतिशत रकम उपभोक्ताकै बैङ्क खातामा फिर्ता हुने जानकारी दिए ।
कार्यक्रममा कर अधिकृत निराज पोखरेलले १० प्रतिशत मूअकर फिर्ता सम्बन्धी प्रक्रियाका बारेमा करदातालाई प्रस्ट पार्दै यसलाई कार्यान्वयनमा ल्याउन उपभोक्ताको विशेष भूमिका रहने बताए ।