विद्युतीय हाजिर नगर्न अनुरोध

  प्रकाशित मिति
२ चैत्र २०७६, आईतवार १९:१२



भद्रपुर। कोभिड–१९ सङ्क्रमणको त्रासका कारण झापाका दुई स्थानीय तहले आइतबारदेखि विद्युतीय हाजिर नगर्न सूचना जारी गर्दै कर्मचारीलाई अनुरोध गरेका छन् । मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाले सूचना नै जारी गरेर कोराना भाइरसको सङ्क्रमणलाई दृष्टिगत गरेर नगरपालिका मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विद्युतीय हाजिर नगर्न अनुरोध गरेका हुन् ।

भद्रपुरका प्रमुख प्रशासकीय अधिकृत तुलसी श्रेष्ठले धेरै जनाको हातले ई–हाजिरमा थिच्दासमेत सङ्क्रमणको त्रास हुने हुँदा त्यस्तो अनुरोध गरेको बताए । उनले विगतमा झैँ रजिस्टरमै अर्को सूचना जारी नभएसम्म हाजिर गराउन सबैलाई निर्देशन दिइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: