विद्युत प्राधिकरण भद्रपुरको राजस्व बृद्धि

  प्रकाशित मिति
११ श्रावण २०७६, शनिबार ०९:३८


रेवतिराज घिमिरे
भद्रपुर । नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण शाखाले यस आर्थिक बर्षमा विद्युत बिक्रीबाट मात्र ७४ करोडबढी राजश्व संकलन गरेको छ ।
शाखाले यसवर्ष ७४ करोड ३६ लाख २२ हजार ८ सय २३ रुपैयाँ राजश्व संकलन गरेको हो ।

कार्यालयले यस आर्थिक बर्ष २०७५÷७६ को असार मसान्त सम्ममा अघिल्लो आर्थिक वर्षको भन्दा १० करोड बढी राजश्व सङ्कलन गरेको छ ।
अघिल्लो आर्थिक वर्षमा विद्युत बिक्रीबाट ६५ करोड ५० लाख १७ हजार ८ सय ४४ रुपैयाँ राजश्व संकलन गरेको थियो ।

त्यस्तै, यस आर्थिक वर्षमा कार्यालयले विभिन्न शिर्षकबाट राजश्व वापत प्राप्त हुने ७२ करोड ५३ लाख ५५ हजार ६ सय ३२ रुपैयाँ रकम अशुली गरेको छ । यो रकम गत आ.व.को भन्दा ८ करोडबढी रकम अशुली गरेको हो ।

गत आर्थिक वर्षमा ६४ करोड ५९ लाख, ९६ हजार ३ सय १७ रुपैयाँ रकम अशुली गरेको थियो । कार्र्यालयले यस आर्थिक वर्षमा ४ हजार १ सय १३ जना नयाँ ग्राहक थप गरि कुल ५८ हजार ५४ जना ग्राहक बनाएको, अतिविपन्न लक्षित बर्ग १३ सय १५ जनालाई निःशुल्क मिटर वितरण गरिएको नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण शाखाका प्रमुख रामउदगार शाहले वताए । उनले यस आर्थिक वर्षमा ११.२४ किलोमिटर ११ केभी लाईन र ६४.५६ किलोमिटर एलटी लाईन निर्माण गरेको बताए ।

कार्यालयले यस आर्थिक वर्षमा विद्युत चुहावट गर्ने ३१ जनालाई कारवाही गरि उनिहरुबाट २ लाख ४६ हजार ५ सय ९ रुपैयाँ राजश्व सङ्कलन गरेको शाहले जानकारी दिए । उनले प्राधिकरण कर्मचारीहरुकै सक्रियतामा विद्युत घाटा कम गर्ने र चुहावट गर्नेहरुको कारवाहीलाई कडा पारिएको दावी गरे । गत बर्षको तुलनामा कारवाही गरिनेको यसपटक २२ जनाबढी छन् । गतवर्ष चुहावट गर्ने ९ जनालाई मात्र कारवाही गरिएको प्रमुख शाहको भनाई छ ।

यस आर्थिक वर्षमा ४ सय ७७ थान बन्द रहेका मिटरलाई निःशुल्क फेर्ने काम गरी सञ्चालनमा ल्याईएको, विद्युत घाटा १३.३३ प्रतिशतबाट कम गर्दै २.०५ प्रतिशतमा झार्न सफल भएको कार्यालयले जनाएको छ ।

कार्यालयले यस आर्थिक वर्षमा ७७ वटा ट्रान्सफर वितरण गर्नुका साथै नयाँ ५० थान ट्रान्सफर जडान गरी २७ वटा ट्रान्सफरको क्षमता बृद्धि गरिएको जनाएको छ । यस कार्यालय मातहतमा झापाका २ वटा, भद्रपुर र मेची नगरपालिकासहित ३ वटा गाउँपालिकाहरुमा कचनकवल, बुद्धशान्ति र हल्दीबारी गाउँपलिकाका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: