विद्युत सर्ट हुँदा भुजेलको घरमा आगलागी

  प्रकाशित मिति
१ जेष्ठ २०७७, बिहीबार १३:३३


झापा । विद्युत सर्ट भएर आगलागी हुँदा बिर्तामोड नगरपालिका–१ स्थित देवेन्द्र भुजेलको घर विहीबार विहान जलेर नष्ट भएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मुकुन्द रिजालका अनुसार बिर्तामोड–१ का देवेन्द्र भुजेलको घरमा आगलागी भएको छ ।

आगलागीका कारण घरका सबै सामग्री जलेर नष्ट भएको छ ।

विद्युत सर्ट भएर घरमा आगलागी भएसँगै सिलिन्डर पड्किएको स्थानीयको भनाई छ ।

बिर्तामोड नगरपाकिलाको वारुणयन्त्र, स्थानीयवासी र प्रहरीले आगलागी नियन्त्रणमा लिएका थिए ।

घरमा कोही पनि नभएकाले आगलागीका कारण मानवीय क्षति भने हुन नपाएको डिएसपी रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: