विपन्नलाई क्यान्सरको उपचार जुटाउन अनुप्रस्थ फाउन्डेसनसँग सम्झौता

  प्रकाशित मिति
१४ आश्विन २०७९, शुक्रबार १०:२२


विर्तामोड, १४ असोज । क्यान्सरका बिरामीलाई अवस्था हेरी निःशुल्क वा सहुलियतमा उपचारको व्यवस्था मिलाउन पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्थ फाउन्डेसनबीच सम्झौता भएको छ ।

अनुप्रस्थ फाउन्डेसन क्यान्सरका विपन्न बिरामीका लागि सहयोग जुटाउँदै आएको संस्था हो । जो ‘फोकरक’ सांगीतिक फाँटमा सुप्रसिद्ध ‘अनुप्रस्थ ब्यान्ड’का सञ्चालकहरुले सामाजिक सेवाका लागि स्थापना गरेको गैरसरकारी संस्था हो ।

केही दिन अघि पूर्वाञ्चल क्यान्सर अस्पतालका सीइओ डा. निराजन प्रसाई र अनुप्रस्थ फाउन्डेसनका अध्यक्ष निरन शाहीले सम्झौता पत्र (एमओयु)मा हस्ताक्षर गरेका थिए ।

अस्पतालका सीइओ डा. प्रसाईले अनुप्रस्थ फाउन्डेसनमार्फत आएका क्यान्सरका अति बिपन्न बिरामीलाई सकभर निःशुल्क वा अधिकतम सहुलियतमा उपचार गर्ने सहमति भएको जानकारी दिए ।

सामाजिक उत्तरदायित्व बमोजिम अस्पतालले यसअघि पनि विपन्नको उपचारमा सक्दो सहुलियत प्रदान गरिरहेको प्रसाईले बताए ।

फाउन्डेसनका अध्यक्ष शाहीले उपचार खर्च व्यहोर्न नसक्नेका लागि मात्र सहयोग उपलब्ध गराउने नीति रहेको जानकारी दिदै पूर्वाञ्चल क्यान्सर अस्पतालमा नेपालकै सबैभन्दा राम्रो उपचार पद्धति र अत्याधुनिक उपकरण उपलब्ध भएको हुँदा यहाँ सहकार्यका लागि योजना अघि सारिएको बताए ।

अस्पतालका सञ्चालक, प्रशासक, चिकित्सक, कर्मचारी र पत्रकारहरुको उपस्थितिमा सम्झौता आदानप्रदान भएको थियो ।

अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले पैसा नभएका बिरामीले उपचार नपाई फर्कनु नपरोस् भनेर अनुप्रस्थ फाउन्डेसन र पूर्वाञ्चल क्यान्सर अस्पतालले सहकार्य गरेको बताए ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. बीरेन्द्र यादवले उपचार सुविधा र गुणस्तरका हिसाबले पूर्वाञ्चल क्यान्सर अस्पताल नेपालकै अब्बल सावित भइसकेको बताउँदै गत वर्ष एक हजार तीन सय जनाले क्यान्सर उपचारका यहाँबाट सरकारी सिफारिस बनाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: