विपन्नलाई सित्तैमा बाख्राको पाठा

  प्रकाशित मिति
२२ श्रावण २०७३, शनिबार १६:४६


goat

विर्तामोड २२ साउन । झापाको धाइजनस्थित श्रीकालिका सामुदायिक बन उपभोक्ता समितिले गरीवी न्यूनीकरण कार्यक्रम अन्तर्गत अति विपन्न परिवारका ३३ जनालाई आय आर्जनका लागि बाख्राको पाठा वितरण गरेको छ ।

सामुदायिक वनको कार्यालयमा शनिबार एक कार्यक्रमको आयोजना गरेर समितिले उपभोक्ता सदस्यमध्येका अति विपन्नको छनोट गरेर पाठा निःशुल्क वितरण गरेको हो ।

स्थानीय बजारमा एउटाको ३ हजार रुपैयाँसम्म मूल्य पर्ने पाठा सित्तैमा पाउँदा खुशी लागेको धाइजन–२ का हर्क तामाङ बताए । श्रीकालिका सामुदायिक बनका एक हजार १२२ उपभोक्तामध्ये १८२ परिवारलाई अति विपन्नको सूचीमा राखिएको छ ।

बनले अति विपन्न सबैलाई आर्थिक उपार्जनका लागि सहयोग गर्दै जाने योजना अघि सारेको र चालू आर्थिक वर्षभित्र १३७ परिवारलाई बाख्राको पाठा, सुँगुरको पाठा, जस्ता पाता र खटिया निःशुल्क बाड्ने समितिका अध्यक्ष योगराज भट्टराईले बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: