‘विपन्न समुदायको सुत्केरीलाई ५ हजार’

  प्रकाशित मिति
३० जेष्ठ २०७४, मंगलवार ११:१२


धुलावारी । राष्ट्रिय प्रजातन्त्र पार्टीको मेचीनगर वडा नं. १० ले आफ्नो क्षेत्रको विकास निर्माण र लोककल्याणकारी नीति समावेश गर्दै ३० बुँदे स्थानीय घोषणा पत्र सार्वजनिक गरेको छ ।

सो वडामा राप्रपाका तर्फबाट वडाध्यक्ष पदका उम्मेद्वार कल्याण खड्काले आइतवार साँझ होटल रोयल निर्माणमा पत्रकार सम्मेलनको आयोजना गरी घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

राप्रपाको वडा तहको घोषणापत्रमा सबै धर्मका पूजा आराधनास्थलदेखि वैदेशिक रोजगारीमा जान चाहने वडाभित्रका युवालाई सहयोग गरिने उल्लेख छ ।

उनले विपन्न समुदायका छोराछोरी जन्मिनासाथ वडा कार्यालयबाट प्रसुति हुने आमामार्फत एकमुष्ठ ५ हजार रुपैयाँ अनुदान प्रदान गरिने प्रतिबद्धता जनाएका छन् ।

उनले आफ्नो वडाभित्रका प्राथमिक स्वास्थ्य केन्द्र, आम्दा हस्पिटल, धुलावारी क्याम्पस, मिडिया हाउस लगायतको स्तरोन्नति गर्ने र अनुदान दिने घोषणा गरेका छन् ।

वैदेशिक रोजगारीमा जान चाहने युवालाई ५० प्रतिशतसम्म निव्र्याजी ऋण उपलब्ध गराउने र वैदेशिक रोजगारीका क्रममा निधन भएका परिवारलाई एक लाख रुपैयाँ राहत सहयोग दिने घोषणा पत्रमा उल्लेख छ ।

धुलावारी बजारलाई व्यवस्थित गर्ने, सुकुम्बासीलाई धनीपूर्जा बाड्ने, अपाङ्गहरुलाई अवस्था हेरी भत्ता दिने, एक घर दुई विरुवा अभियान सञ्चालन गर्ने, सबै बाटा कालोपत्रे गर्ने, सबै घरमा विजुली र खानेपानी पुर्याउने, गौपालक कृषकलाई कर मिनाहा र निःशुल्क विमा गरी सहुलियतमा कर्जा दिने, क्यान्सर र मिर्गौला रोगीलाई एक लाख उपचार खर्च दिने गरी स्वास्थ्य उपचार कोष खडा गर्ने, माध्यमिक तहसम्म शिक्षा शुल्करहित बनाउने लगायतका योजना घोषणा पत्रमा समेटिएका छन् ।

सो वडामा राप्रपाबाट वडाध्यक्ष पदमा कल्याण खड्का, महिला सदस्य पदमा माया गुरुङ, दलित सदस्यमा निर्मला मल्लिक, सदस्य पदमा प्रदीप राजबंशी र सदस्य पदमा हुमानाथ बराल उम्मेद्वार बनेका छन् ।

वडाध्यक्षका उम्मेद्वार खड्का मेचीनगरका पूर्व मेयर पनि हुन् । उनले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने माग राप्रपाको एजेन्डा भएको दावी गरे ।

पत्रकार सम्मेलनमा बोल्दै उम्मेद्वार खड्काले घोषणापत्रमा उल्लेख भएका बुँदाहरु आफुले जितेमा लागू गर्ने र चुनाव जितेपछि पार्टीगत स्वार्थभन्दा माथि उठेर सबैको हितका लागि काम गर्ने बाचा गरेका छन् ।

पत्रकार सम्मेलनमा राप्रपाका नेताहरु चन्द्र खनाल र ओकेन्द्र रायमाझाी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: