मेचीनगर । पार्टी त्यागेर स्वतन्त्र जीवन बिताउने वक्तब्य जारी गरेका नेकपा बिप्लब समूहका एक कार्यकर्ता विहीवार अपराह्न रिहा भएका छन् ।
रिहा भएका विप्लव कार्यकर्ता पुष्प अधिकारीले आगामी दिनमा समेत सो पार्टीमा नलाग्ने लिखित प्रतिबद्धता विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् ।
मेचीनगर–१० का ४१ वर्षीय अधिकारीलाई प्रहरीले झापाबाट काठमाडौं जान लाग्दा २५ दिनअघि विर्तामोडमा पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले उनलाई जिल्ला प्रशासन कार्यालय झापाले रिहा गरी परिवारलाई जिम्मा लगाएको जनाएका छन् ।
नेकपा बिप्लव समूह प्रतिबन्धित भएपछि झापामा पक्राउ परेका ५ जना विप्लब कार्यकर्तालाई स्थानीय प्रशासनले स्वतन्त्र जीवन बिताउने लिखित प्रतिबद्धता पश्चात रिहा गरिसकेको छ ।
प्रतिबन्ध घोषणापछि जिल्लामा १६ जना विप्लवका कार्यकर्ता पक्राउ परेको प्रहरीको भनाई छ ।