विर्तामोड, २४ पुस । झापाको दुवागढी–९ स्थित प्रगतिटोलमा रहेको साकम्बरी प्रोडक्ट (गुट्खा उद्योग)मा आगजनी गरेको आरोपमा प्रहरीले नेकपा माओवादीका झापा सेव्रmेटरीसहित ४ जनालाई पव्रmाउ गरेको छ ।
पव्रmाउ परेकाहरूमा माओवादीका झापा सेव्रmेटरी विवश किराँती, जिल्ला सदस्य चमनलाल माझी, पुष्प अधिकारी र विद्यार्थी नेता नवीन अधिकारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले जिल्लाको विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको दावी गरे पनि माओबादी झापाका एक नेताले उनीहरूलाई जिल्ला सचिवालय सदस्य लक्ष्मी याख्खाको घरबाट गिरफ्तार गरिएको बताए ।
पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको बताइएको छ ।
गुट्खा उद्योगमा गत पुस ६ गते राति आगजनी भएको थियो । आगजनीबाट ३३ लाख बरावरको क्षति भएको प्रहरीको भनाई छ । आगजनीलगत्तै माओबादीले घटनाको जिम्मेवारी लिएको थियो ।
प्रहरीले पक्राउ परेका विप्लव माओबादीका जिल्ला सेव्रmेटरी विवश किराती सङ्खुवासभा निवासी ३४ वर्षीय वावुराम राई रहेको जनाएको छ भने उनलाई आगजनीको मुख्य योजनाकार भएको दावी गरेको छ ।
प्रहरीले माओबादी कार्यकर्ताको साथबाट मे७प ८२८, मे७प ६१० र मे५प ४५६१ नम्वरको मोटरसाइकल समेत बरामद भएको जनाएको छ ।
विप्लव माओबादीका कार्यकर्ताले झापामा पहिलोपल्ट गराएको यो आगजनीको घटना द्वन्द्वकालीन माओबादीकै ध्वंसात्मक गतिविधि जस्तो छ भने प्रहरीले समेत त्यहीबेलाको शैलीमै माओबादीलाई पक्राउ गरेको छ ।
प्रहरीले उनीहरूको साथमा रहेको लेटर प्याड, चन्दा रसिद, झण्डा, मोवाइल फोन, दस्तावेज लगायतका सामान समेत वरामद गरेको जनाएको छ । उनीहरूबाट हतियार भने बरामद भएको थिएन ।