विप्लवका कमिशनर घिमिरे र राई हतियारसहित पक्राउ

  प्रकाशित मिति
१३ कार्तिक २०७७, बिहीबार १५:४६


झापा, १३ कात्तिक । लामो समयदेखि प्रहरीको खोजीमा रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का पूर्वी कमाण्ड अन्तर्गत दुई कार्यकर्ता हतियार तथा विस्फोटक पदार्थसहित पक्राउ परेका छन् ।

मोरङ प्रहरीले विप्लव माओवादीका कम्पनी कमिशनरसहित दुई जनालाई मिक्लाजुङ गाउँपालिका–१ बाट बुधबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका–६ बस्ने १८ वर्षीय विज्ञान राई र सप्तरी सुरुङ्गा नगरपालिका–२ का ३२ वर्षीय प्रतिक भन्ने काशीनाथ घिमिरे छन् ।

मिक्लाजुङमा उनीहरुले हातहतियार देखाएर स्थानीयसँग लामो समयदेखि चन्दा अशुल गरिरहेको गुनासो आएपछि प्रहरीले खोजी गरिरहेको थियो ।

सोही सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई मिक्लाजुङ गाउँपालिका–१ स्थित विजुलीप्रसाद तिम्सिनाको खाली घरबाट पक्राउ गरेको प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।

उनीहरुको साथबाट प्रहरीले हतियार र ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद गरेको छ ।

काशीनाथ घिमिरे विप्लव समूहको पूर्वी कमाण्ड मेची–कोशी ब्यूरो चौथो कम्पनीका कम्पनी कमिशनर (पूर्व सप्तरी जिल्ला सेक्रेटरी) र विज्ञान राई साधरण सदस्य हुन् ।

उनीहरुको साथबाट एक थान भरुवा बन्दुक, सोको गोली, हाई एक्सप्लोसिप विस्फोटक पदार्थ जिलेटिन तीन केजी, सुतली बम दुई थान, सकेट बम १ थान, टुकी बम १ थान, इलेक्ट्रिक डेटोनेटरलगायत बम विस्फोटमा प्रयोग हुने सामग्रीहरु बरामद भएको प्रहरी उपरीक्षक खड्काले बताए ।

पक्राउ परेकाबाट बन्दोबस्तीका सामग्रीहरु पनि बरामद भएको खड्काले बताए ।

(सेतोपाटी)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: