विमला एक महिनादेखि वेपत्ता

  प्रकाशित मिति
१२ चैत्र २०७६, बुधबार १३:३५


काँकरभिट्टा । मेचीनगर–७ स्थित ईटाभट्टामा अस्थायी रुपमा बसोबास गर्दै आएकी २४ बर्षिया विमला महरा एक महिनादेखि वेपत्ता भएकी छिन् ।

महरा गत फागुन १३ गते घरदेखि हराईरहेकी हुन् ।
बेलबारी नगरपालिका–३ स्थायी घर भएकी महरा मेचीनगर–६ स्थित काँकरभिट्टाका मानबहादुर हिङ्गमाङसँग गत फागुनमा नै विवाह भएको थियो ।

श्रीमानसँग घरमा सामान्य झगडा भएपछि घर छोडि हिडेकी महरा हालसम्म घर तथा माइतिमा सम्पर्कमा आएकी छैनन् ।
माइती पक्षले वेपत्ता महराको खोजतलास गरिदिन प्रहरी समक्ष उजुरी गरेका छन् ।

प्रहरी प्रशासनले उजुरीको व्यवस्ता गरेकोले तदारुकता साथ खोजी गर्न दवाव सृजना गर्ने उद्देश्यले दलित संघ–संस्था गुहारेको माइती पक्षका आफन्त सञ्जय बागदासले जानकारी दिए ।

उनले कालो वर्णकी महराकोे तल्लो पटिको दुई वटा दाँत झरेको, अनुहारमा पोतो बसेको जानकारी गराउँदै कहिँ कतै फेला परे नजिकको प्रहरी चौकी वा स्थानीय दलित संघमा बुझाइदिनु हुन आग्रह गरेका छन् ।

अभिनाष राईले पनि महरा हराएको सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । उनले गत फागुन १३ गतेदेखि महरा हराइरहेकी महराको खोजी गरिदिन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: