मेचीनगर, २२ भदौ । विराटनगर महानगरपालिकामा थप एक जना पुरुषको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका वडा नम्बर १० का ७६ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको उपचार केन्द्रका संयोजक डा.दीपक सिग्देलले बताए ।
उनलाई शनिवार राति १२ बजे उक्त केन्द्रमा भर्ना गरिएको थियो । उच्च रक्तचापका बिरामी उनको सोमबार विहान ३ः३० बजे मृत्यु भएको हो ।
१० दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा समस्या देखिएपछि शनिवार उक्त केन्द्र लगिएको वडा अध्यक्ष माधवराज वाग्लेले बताए ।
‘होम आइसोलेसनमा बसिरहनु भएको थियो, परिवारका अनुसार उच्च रक्तचाप भएकाले श्वासप्रश्वासमा समस्या देखियो र कोभिड अस्पताल लगिएको हो,’ वाग्लेले भने ।
वाग्लेका अनुसार उनको परिवारका अन्य सदस्यहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । परिवारका संक्रमित सदस्य सबै होम आइसोलेसनमा नै बसिरहेका छन् ।