मेचीनगर, १० भदौ । कोरोेना भाइरस संक्रमणका कारण महोत्तरी घर भएका ६० वर्षीय पुरुषको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको ।
उनको उपचारका क्रममा मङ्गलबार राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
साउन ३१ गते न्युरो अस्पतालमा भर्ना गरिएका उनको टाउकोको नसा सुकेर प्यारालाईसिस भएको थियो । उपचारको क्रममा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।
लक्षण देखिएपछि भदौ ३ गते स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा भदौ ७ गते पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।
अस्पतालको कोभिड–१९ मेनेजमेन्ट एण्ड रेस्पोन्स कमिटीका संयोजक एवम् अस्पतालका डाइरेक्टर रन्जितराज बस्नेतका अनुसार मृतक पुरुषमा कोरोना देखिएपछि अस्पतालले तयार गरेको आइसोलेसनमा उपचार भैरहेको थियो ।
भेण्टिलेटरमा राखेर उपचारको क्रममा उनको मृत्यु भएको बस्नेतले बताए ।
मङ्गलबार राती नै बिराट मेडिकल कलेजमा कोरोनाका कारण एक जना महिलाको मृत्यु भएको थियो ।
विराटनगर–११ निवासी ४४ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको थियो ।
योसंगै विराटनगरमा मात्रै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।