विराटनगरमा सवा लाख जनता उतार्ने ओली पक्षीय नेकपाको तयारी

  प्रकाशित मिति
३ फाल्गुन २०७७, सोमबार ०७:४२


विराटनगर, ३ फागुन । संसद् विघटन बाध्यकारी कदम भएको जनाउँदै मध्यावधि चुनावको पक्षमा माहोल तयार पार्न शक्ति प्रदर्शनमा उत्रिएको सत्तारुढ नेकपाले फागुन ८ गते विराटनगरमा आयोजना गर्ने जनसभामा सवा लाख उतार्ने भएको छ ।

प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनलाई प्रतिगमनको आरोप लगाउँदै विरोधमा उत्रिएको नेकपाको प्रचण्ड–माधव समूहले समेत यसरी नै राजधानी र प्रदेशस्तरीय जनसभाहरु गर्दै आएको छ ।

एकले अर्कोलाई काउन्टर दिने र बढी जनसहभागिता देखाउन जनसभा आयोजना गर्ने क्रममा विराटनगरमा ओली समूहले जनसभाको तयारी गरिरहेको छ ।

सत्तारुढ नेकपाले गठन गरेको प्रचार समितिका संयोजक राजेन्द्र गौतमले विराटनगरको जनसभा अहिलेसम्मकै ठूलो हुने दावी गरे । यो जनसभाले जनमत प्रधानमन्त्री केपी ओलीको पक्षमा रहेको झल्काउने उनको भनाई छ ।

विराट नर्सिङ होम पूर्वपट्टिको प्रदर्शनीस्थलमा मञ्च र वरपरको सडक समेतमा सहभागीहरुको उपस्थिति रहने गरी जनसभास्थलक चयन गरिएको प्रचार समितिले जनाएको छ ।

जनसभालाई नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापा बादल, स्थायी समिति सदस्य सुवास नेम्वाङलगायतले सम्बोधन गर्ने पार्टीका प्रदेश कमिटि अध्यक्ष देवराज घिमिरेले बताएका छन् ।

जनसभा तयारीका क्रममा फागुन ६ गते इटहरीदेखि विराटचौकलाई केन्द्र मानेर झापा, धरान, विराटनगर र इनरुवाबाट १० हजार जनाको मोटरसाइकल र्याली गरिने स्वयम्सेवक परिचालन समितिका सचिव पर्शुराम बस्नेतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: