विराटनगरमा सेमी लकडाउन, घरबाहिर ननिस्कन महानगरको आग्रह

  प्रकाशित मिति
१२ श्रावण २०७७, सोमबार ०७:०३


विराटनगर, १२ साउन । विराटनगरमा समुदायस्तरमा कोरोना फैलिएको त्रासले आजदेखि सेमी लकडाउन घोषणा गरिएको छ ।

विराटनगर महानगरपालिकाले कोभिड –१९ को सङ्क्रमण समुदायमा फैलिन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न अत्यावश्यक सेवावाहेक अन्य कार्य सोमवारदेखि स्थगित गर्ने निर्णय गरेको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

महानगरका प्रमुख भीम पराजुलीको अध्यक्षतामा आइतवार बसेको नगरस्तरीय कोभिड –१९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी) बैठकले नगर तथा वडा कार्यालयले प्रदान गर्ने अत्यावश्यक सेवाहरु दमकल, एम्बुलेन्स, स्वास्थ्य, सरसफाई, राजश्व व्यवस्थापन, सामाजिक सुरक्षा र अत्यावश्यक सिफारिस बाहेकका अन्य सबै सेवा स्थगित गरेको हो ।

भारतीय सीमा क्षेत्रबाट भित्रिने अबैध आगमनलाई नियन्त्रण गर्ने, सीटी रिक्सा सवारीमा सामाजिक दूरी कायम गराउने, बजारमा भीड लाग्न नदिने, भीडभाड पसललाई नियन्त्रण गर्ने र अनिवार्य मास्क लगाउने विषयमा कडाइ गरिने महानगरले जनाएको छ ।

महानगरपालिकाले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन नगरवासीलाई आग्रह गर्दै पीसीआर टेस्टको दायरा बढाउने घोषणा गरेको छ ।

आइतवार प्रदेश नं. १ मा ३१ जनामा कोरोना पुष्टि भएकोमा २२ जना विराटनगरका छन् । विराटनगरका १९ प्रहरीमा समेत कोरोना सङ्क्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: