विराटनगर नै राजधानी

  प्रकाशित मिति
२३ बैशाख २०७६, सोमबार २१:३७


झापा । प्रदेश १ को स्थायी राजधानी विराटनगर हुने भएको छ । प्रदेश १ को प्रदेशसभामा सोमबार भएको मतदानपछि विराटनगर राजधानी हुने टुङ्गो लागेको हो । नेकपाको तर्फबाट प्रमुख सचेतक बुद्धिकुमार भण्डारीले राखेको प्रस्तावमा दुईतिहाई मत विराटनगरको पक्षमा खसेको थियो ।

जम्मा ९३ मध्ये ८६ मत प्राप्त विराटनगर राजधानी बनाउने पक्षमा थियो । प्रदेशको नाम भने टुङ्गो लागेको छैन । विराट बृहत क्षेत्रको विराटनगर, इटहरी र सुन्दर हरैँचामा कार्यालय रहेनछ भन्ने प्रस्ताव पारित दुई तिहाईले पारित भएको हो । यसअघि विराटनगर र धनकुटालाई सदरमुकामा तोक्न प्रदेशसभामा चारवटा प्रस्ताव दर्ताका भएका थिए ।

प्रदेशसभा सदस्यहरु ज्योति सुब्बा (काङ्ग्रेस), प्रतापप्रकाश हाङ्गाम (काङ्ग्रेस), गणेश काङ्माङ (नेकपा), रामचन्द्र लिम्बू (सङ्घीय समाजवादी फोरम), अगमलाल चौधरी (काङ्ग्रेस) र राधा थापा (सङ्घीय समाजवादी फोरम) अनुपस्थित थिए । नेकपाले विराटनगर स्थायी राजधानी, कार्यपालिका व्यवस्थापिका लगायत अन्य संरचना वृहत विराट क्षेत्र अन्तर्गत विराटनगर, इटहरी र सुन्दरहरैँचा क्षेत्र आसपासमा रहनेछ भन्ने बेहोरोसहितको प्रस्ताव दर्ता गरेको थियो । नेकपाको तर्फबाट प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रस्ताव दर्ता गराएका छन् । यसको समर्थक लिलम बस्नेत, राजकुमार ओझा, यशोदा अधिकारी र विजयकुमार विश्वास थिए ।

नेकपाले प्रदेश संरचना छर्ने गरी राजधानी दर्ता गराएको भन्दै काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले विराटनगर स्थायी राजधानी हुनुपर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा सङ्घीय समाजवादी फोरमका जयराम यादव र काङ्ग्रेसका शिवनारायण गनगाईले समर्थन गरेका थिए ।

धनकुटा राजधानी प्रस्ताव गर्दै काङ्ग्रेसकी लीला सुब्बाले दर्ता गराएको प्रस्तावको समर्थकमा काङ्ग्रेसका प्रकाशप्रताप हाङ्गाम र रामचन्द्र लिम्बू समर्थक थिए । नेकपाकै निरन राईले दर्ता गरेको धनकुटा राजधानीको प्रस्तावमा नेकपाका इन्द्रमणि पराजुली र कुसुमकुमारी श्रेष्ठ समर्थक थिए । सबै प्रस्ताव सोमबार बसेको प्रदेशसभा बैठकमा फिर्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: