विराट पोखरीको स्तरोन्नतिमा संसद सरावगीको चासो

  प्रकाशित मिति
१९ जेष्ठ २०७७, सोमबार १०:५९


भद्रपुर, १९ जेठ । विर्तामोड १० स्थित पौराणिक महत्व बोकेको विराटपोखरीलाई पर्यटकीय आकर्षका लागि भइरहेको स्तर उन्नतिको काम बारे प्रदेश संसद ओमप्रकाश सरावगीले स्थलगत अनुगमन गरेका छन् ।

झापा क्षेत्र नम्बर ३ का प्रदेश सभा संसद रहेका सरावगीले पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट प्रप्त २० लाख रूपैयामा भइरहेको पोखरी स्तर उन्नतिको कामको स्थलगत अनुगमन गरेका हुन् ।

पर्यटकीय क्षेत्र विकासका लागि पोखरी सरसफाई तथा घेरावाराको काम भइरहेको निर्माण समितिका अध्यक्ष छविराम आचार्यले जानकारी दिएका थिए । आचार्यका अनुसार पोखरी भित्र जमेको हिलो तथा झार हटाउने र १४० मिटर घेरावारा गर्ने काम अन्तिम चरणमा पुगेको छ । पोखरी विकासका लागि अन्य धेरैकाम बाँकी रहेकाले वजेट अभाव भएको गुनासो समेत अध्यक्ष आचार्यको रहेको थियो ।

संसद सरावगीले गरू योजना अनुरूप पर्यटकीय आकर्षण केन्द्रका रूपमा विकास गर्न आगामी वर्ष थप वजेट प्रबन्धका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

अनुगमनका क्रममा भेटिएका स्थानीयले पौराणिक महत्व बोकेर बसेको विराट पोखरी क्षेत्रमा आवश्यक पुर्वाधार निर्माण नहुँदा पर्यटकलाई आकर्षण गर्न नसकिएको गुनासो पोखेका थिए ।

अनुगमन टोलीमा नेपाली काँग्रेसका जिल्ला सदस्य विजय रिजाल, क्षेत्रीय सभापति गणेश पोखरेल, नवीन विमली लगायत सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: