विरेन्द्र माविको वार्षिकोत्सवमा सम्मान

  प्रकाशित मिति
२३ फाल्गुन २०७६, शुक्रबार १८:३५


भद्रपुर । भद्रपुर नगरपालिकाको सबैभन्दा पुरानो विद्यालय विरेन्द्र माविले स्थापनाको ५४ औं बार्षिक उत्सव तथा अभिभावक भेला विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।

विद्यालय परिसरमा बिहीवार आयोजित कार्यक्रमका बीच विद्यालयले विद्यार्थीलाई पुरस्कार वितरणका साथै शिक्षक सम्मानसहित विभिन्न गीत तथा नृत्यका साथ उत्सव गरी सम्पन्न गरिएको हो ।

भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै विद्यालयका प्रधानाध्यापक टङ्कनाथ शर्मा पाण्डेले विद्यालयको शैक्षिक, भौतिक, आर्थिक र सामाजिक पक्षका बारेमा जानकारी दिए ।

उनले विद्यालयका भावी कार्यक्रमका बारेमा उल्लेख गर्दै भद्रपुर नगरपालिकाले बालमैत्री विद्यालयको रुपमा घोषणा गरिसकेको यस विद्यालयलाई भविष्यमा बालमैत्रीका सबै सूचकहरु पूरा गरी उत्कृष्ट बालमैत्री विद्यालयको रुपमा विकसित गरिने बताए ।

कार्यक्रममा पियुस पद्य अक्षयकोषबाट कक्षा ६ देखि १० सम्मका अब्बल छात्रा सहित विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिएको थियो भने वर्ष २०७६ को उत्कृष्ट शिक्षक सम्मानबाट गङ्गा घिमिरेलाई सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, नेकपाका पुष्पराज पोखरेल, नेकपा भद्रपुरका अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली काङ्ग्रेस झापा क्षेत्र नं ३ क्षेत्रीय सभापति गणेश पोखरेल, भद्रपुर ७ का वडा अध्यक्ष बिनोदप्रसाद पोखरेल, शिक्षक महासङ्घ भद्रपुर अध्यक्ष गणेश गिरी, विद्यालय बाल क्लवकी अध्यक्ष रत्ना काफ्ले, विद्यार्थी विशेष सुवेदीलगायतले मन्तव्य राखेका थिए ।

विद्यालयका सहायक प्रधानाध्यापक खिलाराज कोइरालाको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालय कर्मचारी परिषद झापाका अध्यक्ष जगेनलाल राजवंशीले कविता वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: