विर्तामोडको हनुमान सेन्ट्रलमा भर्खरै आगलागी

  प्रकाशित मिति
११ श्रावण २०७६, शनिबार २०:४०


विर्तामोड । झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडस्थित हनुमान सेन्ट्रल नामक बहुतले व्यापारिक भवनमा आज साँझ सात बजे आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले आगलागी भइरहेको र नियन्त्रणको प्रयास भइरहेको जानकारी दिए ।

विर्तामोडको मुक्तिचोकमा रहेको ५ तले उक्त व्यापारिक भवनमा एउटा रेडियो स्टेसन, दुई वटा बैङ्क, दुई वटा डिपार्टमेन्टल स्टोरसहित सयौं व्यापारिक पसल, होटल रहेका छन् ।

भवनको चारैतिरबाट धुँवाको मुस्लो निस्किरहेको र विर्तामोड, मेचीनगर र भद्रपुरबाट आएको दमकलले आगो निभाउने कार्य गरिरहेको प्रहरी प्रवक्ता श्रेष्ठले बताए ।

आगलागी कसरी र कुन तलाबाट भयो भनेर भन्न सकिने अवस्था नभएको र आगलागी भएको भवनभित्र फँसेका सबै मानिसलाई बाहिर सुरक्षित स्थानमा ल्याउने कार्य भइसकेको उनले बताए ।

आगलागी नियन्त्रणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो सङ्ख्या परिचालित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: