बिर्तामोडमा कोरोना संक्रमितको मृत्यु

  प्रकाशित मिति
१९ आश्विन २०७७, सोमबार ११:११


बिर्तामोड, १९ असोज । बिर्तामोड नगरपालिका–५ मा कोरोना संक्रमणका कारण एक ८२ बर्षीय बृद्धको मृत्यु भएको छ ।

उनको विराटनगरस्थित नोबेल अस्पालमा उपचारको क्रममा आइतबार मृत्यु भएको विर्तामोड स्वास्थ्य शाखाका कोभिड १९ रोकथाम तथा नियन्त्रण संयोजक ओम खड्काले बताए ।

दमका रोगी समेत रहेका उनको शनिवार स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको थियो । आइतबार विहान ९ बजे उनको रिर्पोट कोरोना संक्रमण पुष्टि भएको र बेलुका पाँच बजे मृत्यु भएको संयोजक खड्काले बताए ।

बृद्धको आज कनकाई नदीमा हिन्दू परम्परा अनुसार नेपाली सेनाले दाहसंस्कारको तयारी गरेको छ । झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: