विर्तामोडमा ‘मरेका माछा’ बेच्न प्रतिबन्ध

  प्रकाशित मिति
१५ आश्विन २०७७, बिहीबार १७:२०


भारतबाट आयातित मरेका माछा

विर्तामोड, १५ असोज । विर्तामोड नगरपालिकाले भारतबाट आयातित मरेका माछा बिक्रीमा रोक लगाएको छ ।

जनस्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले नगरभित्र सडेगलेका माछाको विक्री वितरणमा रोक लगाउने कार्यपालिकाबाट निर्णय गरिएको नगरका प्रवक्ता अग्नी पाण्डेले बताए ।

भारतबाट भित्रिने माछा लामो समयसम्म बरफमा राखिने गरेको र फर्मालिन जस्तो मानव स्वास्थ्यका लागि घातक रसायन प्रयोग हुने पाइएको हुँदा उपभोक्ताको स्वास्थ्य रक्षाका लागि नगरपालिकाले रोक लगाएको पाण्डे बताउँछन् ।

नगरपालिकाको विहीवार बैठक बसेको थियो । नगरप्रमुख ध्रुव शिवाकोटीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

विर्तामोड नगरलाई विषादीमुक्त बनाउने पहिल्यै उद्घोष गरिएको थियो । सो अनुसार मरेको माछामा नगरपालिकाको अहिले बल्ल ध्यान गएको छ ।

प्रवक्ता पाण्डेले आजदेखि नै भारतबाट आयातीत मरेका माछाको विक्रीमा प्रतिबन्ध लागू हुने र त्यसको वर्खिलाप गरेको पाइए कडा कार्वाही हुने बताए ।

‘विर्तामोड माछा र अण्डामा आत्मनिर्भर भइसकेको छ,’ उनले भने– ‘यहाँ भारतबाट सडेका माछा ल्याएर स्वास्थ्य विगार्न जरुरी नै छैन ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: