विर्तामोडमा माओवादीको उम्मेद्वारी घोषणा

  प्रकाशित मिति
१३ जेष्ठ २०७४, शनिबार १०:२५


विर्तामोड । नेकपा माओवादी केन्द्र विर्तामोड नगरपालिकाले स्थानीय तहको निर्वाचनका लागि मेयर तथा उपमेयरसहित १० वटै वडामा उम्मेद्वारी घोषणा गरेको छ ।

विर्तामोडमा शुव्रmवार उम्मेद्वारी घोषणाको कार्यक्रम आयोजना गरी मेयरमा सीपी कडरिया र उपमेयरमा लक्ष्मी न्यौपानेको नाम सार्वजनिक गरिएको हो । बिर्तामोड नगरपालिकाको १ नम्बर वडा अध्यक्षमा हाइकुमार राई, २ मा नेठुलाल राजवंशी, ३ मा चक्रप्रसाद विमली, ४ मा जनबहादुर जबेगु, ५ मा विरबहादुर दर्नाल, ६ मा रामकृष्ण अधिकारी, ७ मा नन्दकुमार उप्रेती, ८ मा नवराज खतिवडा, ९ मा मनप्रसाद लिम्बू, १० मा रिमानध्वज लोक्तामले उम्मेद्वारी दिएका छन् । प्रत्येक वडामा खुल्ला सदस्य, दलित सदस्य, महिला सदस्य समेतले माओवादी केन्द्रको तर्फबाट विर्तामोड नगरपालिकामा उम्मेद्वारी दिएका छन् ।

विर्तामोड नगर कमिटीका अध्यक्ष कुवेर श्रेष्ठको अध्यक्षतामा भएको उम्मेद्वारी घोषणाका प्रमुख अतिथि पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नम्वर १ का इञ्चार्ज सावित्रीकुमार काफ्ले रहेका थिए ।

निर्मला खतिवडाले स्वागत गरेको कार्यक्रममा पार्टीका जिल्ला संयोजक विजय साम्पाङले उम्मेद्वारको नामावली वाचन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि, अतिथिहरुले उम्मेद्वारलाई खादा र अविर लगाइदिएका थिए । माओवादी केन्द्रका नेता भूपाल सापकोटाले सञ्चालन गरेको कार्यक्रममा सांसद मोहन टुडु, शिखर कडरियालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: