विर्तामोडमा शंकास्पद अवस्थामा महिलाको शव फेला

  प्रकाशित मिति
५ पुष २०७७, आईतवार १२:१४


झापा, ५ पुस । विर्तामोड नगरपालिका–२ चैतुवारीमा आज विहान लुगा च्यातिएको र अनुहारमा चोटपटक लागेको अवस्थामा महिलाको शब फेला परेको छ ।

खेतमा भेटिएको शव स्थानीय ४२ बर्षीया दिनो राजवंशीको रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

महिलाको बलात्कारपछि हत्या गरिएको आंशका प्रहरीले गरेको छ । घटना शंकास्पद भएकाले अनुसन्धानका लागि धरानबाट तालिम प्राप्त कुकुर मगाइएको र घटनास्थल शील गरिएको उनले बताए ।

उनका अनुसार स्थानीय जगत राजवंशीको खेत लिजमा लिई विगत तीन बर्षदेखि उनका श्रीमान वीरबहादुर राजवंशीले कुखुरा फार्म सञ्चालन गर्दै आएका थिए । उनी बेलुका श्रीमानलाई फार्ममा खाना पुर्याउन जान्छु भनी घरबाट हिंडेको र फार्ममा समेत नपुगेको, घरमा अबेरसम्म नआएपछि उनको खोजतलास गरिएको थियो ।

खोजतलासकै क्रममा घरबाट तीन सय मिटर पश्चिम स्थानीय मोहन मगरको खेतमा नाक र मुखबाट रगत बगेको, उतानो अवस्थामा आज विहान ८ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ । घटना शंकास्पद भएकाले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइराला आफैं अनुसन्धानका लागि पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: