विर्तामोडमा २९ कुकुरको बन्ध्याकरण

  प्रकाशित मिति
६ चैत्र २०७२, शनिबार १०:५१


12517047_1691077044489636_1314870176_o

बिर्तामोड । बिर्तामोड नगरपालिका र जिल्ला पशु सेवा कार्यालय झापाको आयोजनामा शनिबारबाट बिर्तामोड नगर क्षेत्रका कुकुरको बन्ध्याकरण सुरु गरिएको छ । बन्ध्याकरण कार्यक्रम चैत १० गतेसम्म सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

हार्ट नेपाल पोखराको प्राविधिक सहयोगमा सुरु गरिएको शिविरको पहिलो दिन २९ वटा कुकुरको बन्ध्याकरण गरिएको नगरपालिकाका प्रशासन शाखा प्रमुख मेघराज बाँस्तोलाले जानकारी दिए । बन्ध्याकरणसँगै कुकुरलाई एन्टीरेविज भ्याक्सिन लगाउने र जुकाको औषधि खुवाउने गरिएको हार्ट नेपालका निर्देशक खगेश्वर भट्टराईले बताए ।

कुकुरको बन्ध्याकरण गर्न पोखराबाट १४ जनाको टोली बिर्तामोड आएको छ । जसमा एक जना विदेशीसमेत छन् । पशु सेवा कार्यालयबाट ४ जनाको टोली रहेको बताइएको छ । शिविर अन्तर्गत तीन दिन बिर्ताेमोडस्थित होटल हेभनमा र दुई दिन चारपानेको संयुक्त वडा कार्यालयमा कुकुरको बन्ध्याकरण गरिने नगरपालिकाले जनाएको छ । आइतबार ५० वटा कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको नगरपालिकाका कार्यकारी अधिकृत रविन्द्र वस्ती बताए । ‘हामीले छाउरी कुकुरको मात्र बन्ध्याकरण गर्दैछौँ’ वस्तीले भने ।

अन्य स्थानका कुकुरभन्दा बिर्तामोडको कुकुर तर्सिएको अवस्थामा पाइएको हार्ट नेपालका निर्देशक भट्टराईले बताए । ‘यहाँका कुकुरलाई बढी ढुङ्गामुढा भएको रहेछ, त्यसैले तर्सिएका हुन्’, उनले भने, ‘समाउन अलि गाह्रो भयो ।’

भट्टराईका अनुसार कुकुरलाई बिस्कुट दिएर फकाइन्छ । बिस्कुट खाँदै गरेको कुकुरलाई पछाडिबाट जाली हानेर समाउने गरिन्छ । गाडीमा हालेर शिविर स्थलसम्म पु¥याएपछि सुइ लगाएर कुकुरलाई लट्याउने गरेको उनले बताए । टोलीले कुकुरको तल्लो पेटको दायाँपट्टि चिरेर पाठेघर र अण्डाशय निकाल्ने गर्छ । यसो गरेपछि कुकुरको गर्भ रहँदैन ।

बन्ध्याकरणपछि लुतोको औषधि र दुखाइ कम गर्ने औषधि दिइने गरेको उनले बताए । बन्ध्याकरण गरेको कुकुर चिन्नका लागि देब्रेपट्टिको कानमा ‘यू’ आकार चिरेर छोडेको भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: