विर्तामोडलाई समृद्ध बनाउन चाहने सीपी

  प्रकाशित मिति
१९ जेष्ठ २०७४, शुक्रबार ११:०१

cp kadariya

विर्तामोड । छोटो कद, तार्किक र अध्ययनशील, जुझारु युवा नेता चन्द्रप्रसाद कडरिया (सीपी) यतिबेला नयाँ परिचयबनाउन सहर, बजार र गाउँटोलमा बिना थकाई दिनभर घुम्दैछन् । यतिबेला उनको अभिवादनको शैली ठ्याक्कै फेरिएको छ, हिजो मुठ्ठी कसेर गर्विलो अभिवादन गर्ने सीपी दश औँला जोड्छन् र शालीन बन्छन् । यो उनको फेरिएको परिचय हो। त्यही परिचयको मेसोमा अर्को परिचय थपिँदै छ, उनको। मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्र बिर्तामोड नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयरको प्रत्याशी ।

दोस्रो चरणको स्थानीय तहको चुनाव नहुञ्जेल र परिणाम नआउँदासम्म उनको यो परिचयमा कसैले धावा बोल्न सक्दैन । परिणाम आएपछि विजेता बने भने बिर्तामोडको प्रथम मेयर, नभए पनि परिचयको सिलसिलेवर श्रृङ्खलामा उनलाई समाजले अर्को ढङ्गबाट चिन्छ, बिर्तामोडको उपविजेता ।

यो सीपीको खुद वर्तमानको परिचय हो। यो भन्दा पनि उनी परिचित छन्, दश वर्षे जनयुद्ध हुँदै शान्ति प्रक्रियापछि उनले निर्वाह गरेको सत्कर्मले। ‘युद्ध बाध्यता थियो, अहिले विकास बाध्यता भएको छ’, बिर्तामोडको मेयरका प्रत्याशी बनेपछि सीपीले भने–‘चुनावमा हारजित हुन्छ, बिर्तामोडको विकासमा भिजनसहित लागेको छु, मतदाताको विश्वासले जितेर विकासलाई समाहित गर्दै स्थानीयको सेवामा लाग्छु ।’

ताप्लेजुङको आङ्खोपमा जन्मिएका सीपी सानै उमेरमा राजनीतिमा होमिए । राजनीति कहिलेकाँही खुसीभन्दा पनि जबरजस्त बनेर जीवनमा आइलाग्छ । त्यही जीवनका भोगकर्ता हुन् सीपी । १५ वर्षकै उमेरदेखि राजनीतिमा सक्रिय उनी पार्टीभित्र एउटा उचाइमा छन् । १८÷१९ वर्षको उमेरमा विद्यार्थी सङ्गठनको केन्द्रीय सदस्य हुनु राजनीतिक लगावको दर्बिलो उदाहरण हो।

पार्टी पद्धति र सिद्धान्तमा उनी जति अडिग छन्, विकास निर्माणमा उनको ध्यान त्यति नै केन्द्रित छ । पार्टीको राष्ट्रिय महाधिवेशन आयोजक सदस्यको जिम्मेवारीमा रहेका उनले आफ्नै बलबुतामा धेरै विकास निर्माणका काम गरेका छन् । केन्द्रसम्म लविङ चलाएर जिल्लाका विभिन्न ठाउँमा विकास निर्माणका लागि रकम ल्याउन उनी सफल भएका छन् ।

‘अबको काम नै विकासमा जनतालाई प्रत्यक्ष सहभागी गराउनु हो, विकाससँग जनता जोडिनुपर्छ’, उनले भने–‘म मेयरको उम्मेद्वार हो, मेरो प्रतिबद्धता पत्रमा यही बाचा गरेको छु, निर्वाचित भएपछि अक्षरस पूरा गर्छु ।’

उनले विकासका कुरालाई नै चुनावी मुद्दा बनाएका छन् । १० वर्षे सशस्त्र क्रान्तिमा पुगेको संरचनागत क्षतिलाई पुनःनिर्माणसहित समृद्ध राष्ट्र बनाउनु आफूहरुको अभिभारा रहेको उनको तर्क छ । सानैदेखि पृथक सोच भएका उनी पार्टी पंक्तिमा अध्ययनशील युवाका रुपमा स्थापित छन्, यो उनको पार्टी पंक्तिको अर्को परिचय हो ।

२०४६ सालबाट विद्यार्थी सङ्गठन अखिल पाँचौँबाट राजनीतिक यात्रा सुरु गरेका उनी यतिबेला लाखौँ जनसङ्ख्या रहेको बिर्तामोड नगरपालिकामा मेयरमा प्रतिस्पर्धा गर्दै छन् । काङ्ग्रेस, एमाले, राप्रपाका सशक्त दाबेदारसँग स्पर्धा गर्नु चानचुने छैन । काङ्ग्रेसका उम्मेद्वार जलकुमार गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्ति सिटौला, निर्णय नभएका एमालेका उम्मेद्वार कडरियाभन्दा कम उमेरका होइनन् र हुने छैनन् । उनीहरुसँगको प्रतिस्पर्धालाई स्वस्थ, मर्यादित र लोकतान्त्रिक पद्धतिमा ढाल्नु उनको दायित्व हुनेछ ।

‘मैले अग्रजहरुसँग प्रतिस्पर्धा गर्ने निर्णय गरेको हुँ, यो मेरो पार्टीको र स्थानीय पार्टी कमिटीको म प्रतिको विश्वास हो’, उनले भने–‘राजनीतिमा उमेरले खासै फरक पार्दैन, सानोले ठूलो जनमत लिएर धेरै काम गर्नुपर्छ, जसले समृद्ध नगरपालिकाको छवि बिर्तामोडले बनाओस् ।’ उनले बिर्तामोडलाई सिङ्गापुर, स्वीजरल्याण्डभन्दा पनि विकसित राष्ट्रका ठूला सहरसँग तुलना गर्न योग्य बिर्तामोड नै बनाउन चाहेको सुनाए ।
‘बिर्तामोड स्पष्ट गुरुयोजनासहितको आधुनिक, व्यवस्थित सरह बन्नुपर्छ’, सीपीले भने–‘नेताहरुले भनेजस्तो सिङ्गापुर र स्वीजरल्याण्ड बनाउने कुरा सम्म्भव छैन, जनतालाई ढाँट्न हुँदैन, बिर्तामोडलाई समृद्ध बनाउने मेरो लक्ष्य हो ।’ यहाँको फोहोर व्यवस्थापन, सुविधासम्पन्न बसपार्क, नगरपालिका रिङ रोड र लिङ्क रोडको परिकल्पनासहित उम्मेद्वारी घोषणा गरेका उनले अदुवा खोला नियन्त्रण आफ्नो गुरुयोजनामा समेटिएको बताए ।

सुन्दर र समृद्ध बिर्तामोड नगरपालिका उनको चुनावी मुद्दा हो । ‘यी सारा काम एकै पटक गर्न सकिँदैन, तर गर्न नसकिने काम यी कुनै पनि होइनन्’, विकास निर्माणमा निक्कै लामो अनुभव र अनुभूति राखेका सिपीले भने–‘बिर्तामोडको गहनाको रुपमा रहेको डोमालाल राजवंशी रङ्गशाला भूमाफियाको पञ्जामा छ, म मेयर बनेपछि यसलाई नगरपालिकाको मातहतमा ल्याएर व्यवस्थित र सुविधा सम्पन्न बनाउँछु ।’ उनीसँग सांस्कृतिक सङ्ग्राहलय, सार्वजनिक शौचालय निर्माण, स्वास्थ्य, शिक्षालगायत अनेकौँ मन छुने योजना छन् ।

राजनीतिमा अब्बल सावित सीपीले २०५३ सालमा माओवादी जनयुद्धमा सामेल भएर बिर्तामोड सम्पर्क समितिको काम गरे। त्यही बेलादेखि बिर्तामोडलाई अघात माया गर्न थालेका उनको अबको राजनीतिक कर्मथलो पनि यही हो। ‘अब म राजनीति मात्र होइन, त्योसँग छोडिएको विकासको पाटो पनि बिर्तामोडमा गाँसेर जान्छु’, चुनावी चटारोबाट केही समय निकालेर भलाकुसारी गरेका सीपीले भने–‘विकास बिनाको राजनीति अब अधुरो हुन्छ ।’

राजनीति पेशा होइन, सेवा हो, त्यसैले यसलाई सेवामूलक बनाउनै पर्छ । उनले बिर्तामोड नगरको मात्र होइन, जिल्लाका विभिन्न ठाउँमा विकास योजना पु¥याएका छन् । ‘यी मेरा व्यक्तिगत प्रयासमा भएका काम हुन्, विद्युतीकरण, सडक निर्माण र सिञ्चाइका लागि बजेट निकासा भएको सुनाउँदै उनले भने–‘जे गर्न सकिन्छ, त्यो सबैले गर्नुपर्छ, विकास निर्माण मेरो अबको लक्ष्य हो, त्यही काममा खटेको छु र यी योजना पर्न सफल भए ।’ उनले विकास बिनाको राजनीति नहुने बताए ।

मेची बहुमुखी क्याम्पसमा २०५४ सालमा अखिल क्रान्तिकारीको क्याम्पस इकाइ समितिबाट थप राजनीतिक पदचाप बढाएका यिनी २०५६ सालमा तात्कालीन सरकारको नजरमा परे र गिरफ्तार भए । अखिल क्रान्तिकारीको सातौँ जिल्ला सम्मेलनबाट गिरफ्तार भएका यिनी एक महिना हिरासतमा बसे। यो उनको जीवनको पहिलो जेल अनुभव हो। ‘राजनीतिमा अनुभव महत्वपूर्ण कुरा हो’, सानै उमेरमा धेरै कुरा बुझेको तथ्य राख्दै उनले भने–‘सानाले ठूलाको भन्दा धेरै गर्न सकिएन भने मुलुककोे राजनीति जनताको विश्वासबाट टाढिन्छ ।’

२०५६ सालमा तात्कालीन माओवादीको एरिया कमिटीको सदस्यको जिम्मेवारी सम्हालेर राजनीतिक अनुभव हासिल गर्दै अघि बढेका उनी २०५८ सालमा अखिल क्रान्तिकारीको वैकल्पिक केन्द्रीय सदस्य भए । जसले उनलाई पार्टी र विद्यार्थी सङ्गठनबीचको राजनीति अन्तरसम्बन्धमा जोड्दै लग्यो र एकै पटक दुई अनुभव संगाले। जसले उनलाई पार्टीको वैचारिक, साङ्गठानिक, विद्यार्थीका शैक्षिक तथा अन्य संरचनागत कुरामा पोख्त बनाउँदै लग्यो।

राजनीति शास्त्रमा स्नातकसम्मको अध्ययन गरेका उनी २०६१ सालमा पार्टीको कोसी क्षेत्रीय ब्यूरो सदस्य तथा विद्यार्थीको मेची–कोसी इञ्चार्ज बने। २०६० सालदेखि नै उनी पार्टीको इलाम जिल्ला सचिवको जिम्मेवारीमा थिए । माओवादीको उसबेलाको साङ्गठानिक संरचना पृथक थियो। धेरै मोर्चामा आबद्ध भएर अघि बढ्नुपर्ने बाध्यताकै बीच सीपीले २०५६ सालमा पार्टीको सब एरिया कमिटी सदस्यको जिम्मेवारी समेत सम्हालेका थिए ।
अध्ययन, साङ्गठानिक काम र तत्कालीन पार्टीको निर्देशन र जिम्मेवारीलाई पूरा गर्दै सिपी राजनीतिमा सक्रिय रहे। जसले शान्ति प्रक्रियासँगै लोकतान्त्रिक अभ्यासमा सक्रिय हुने र छवि सुधार्ने काम निरन्तर गरिरहे। भनौँ उसबेला पार्टीले उठाएका मुद्दा र एजेन्डालाई स्थापित गर्न सक्रिय रहे। त्यही सक्रियता अहिले पनि उनको दैनिकीको पाटो हो।

घरव्यवहार चलाउनेदेखि अन्य वैकल्पिक पेशा–व्यवसाय गर्दै राजनीतिलाई सेवाभावमा ढाल्ने उनको कर्मले नै मेयरको उम्मेद्वार बन्न सहयोग गरेको पार्टीका एक सदस्यको ठम्याइँ छ । समाजका हरेक दुःख–सुख, राजनीतिक गतिविधि र विकास निर्माणमा सक्रिय रहने सीपीले विजय हासिल गरे भने बिर्तामोडमा केही गर्न सक्छन् भन्ने विश्वास गर्न सकिन्छ । उनको लगावले त्यो देखाउँछ । तर, नतिजा आफ्नो पक्षमा पार्न सीपीलाई बिर्तामोडबासीको बलियो साथ र समर्थन चाहिन्छ ।

कलिलै उमेरमा राजनीतिमा प्रवेश गरेर राजनीतिसँगै विकास निर्माणको काममा जोडिएका सीपी बिर्तामोडमा मेयरको प्रत्यासीमा अग्रपंक्तिमा छन् । उनी सानो कदका अग्ला उम्मेद्वारका रुपमा परिचित छन् । उनको काम गराइ, चुनावी तयारी र वास्तविकताले त्यही दर्शाउँछ ।
विर्तामोड । छोटो कद, तार्किक र अध्ययनशील, जुझारु युवा नेता चन्द्रप्रसाद कडरिया (सीपी) यतिबेला नयाँ परिचय बनाउन सहर, बजार र गाउँटोलमा बिना थकाई दिनभर घुम्दैछन् । यतिबेला उनको अभिवादनको शैली ठ्याक्कै फेरिएको छ, हिजो मुठ्ठी कसेर गर्विलो अभिवादन गर्ने सीपी दश औँला जोड्छन् र शालीन बन्छन् । यो उनको फेरिएको परिचय हो। त्यही परिचयको मेसोमा अर्को परिचय थपिँदै छ, उनको। मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्र बिर्तामोड नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयरको प्रत्याशी ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: