विर्तामोड उद्योग बाणिज्य संघमा कुमार भट्टराई

  प्रकाशित मिति
२४ श्रावण २०७४, मंगलवार १३:०४


kumar sir

विर्तामोड । विर्तामोड उद्योग वाणिज्य सङ्घ अध्यक्षमा कुमार भट्टराई निर्वाचित भएका छन् । भट्टराईले निकतम प्रतिष्पर्धी हनुमान मित्तललाई २३५ मतअन्तरले पछि पार्दै विजयी भएका हुन् ।

भट्टराईले १ हजार १३१ मत प्राप्त गर्दा मित्तलले ८९६ मत प्राप्त गरेका थिए भने अर्का अध्यक्ष पदका प्रत्यासी हरि प्रसाईले ११८ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य शिवकुमार अग्रवालले जानकारी दिए ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा प्रकाश शिवाकोटी विजयी भएका छन् । निकटम् प्रतिपष्र्धी गंगाप्रसाद मैनालीलाई ७०८ मतले पछि पार्दै शिवाकोटी निर्वाचित भएका हुन् । मैनालीले ६५४ मत प्राप्त गरेका छन् ।

यसैगरी कूलप्रसाद खरेललाई ४५८ मत अन्तरले पछि पार्दै र उद्योग उपाध्यक्षमा राजु न्यौपाने निर्वाचिन भएका छन् । न्यौपानेले १ हजार २३६ मत प्राप्त गर्दा खरेलले ७७८ मत प्राप्त गरेका थिए ।

बाणिज्य उपाध्यक्षमा नारायणप्रसाद चिमरिया १०५४ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । चिमरियाले प्रतिष्पर्धी शार्दुलहाङ ओलीलाई १०९ मतले पछि पारेका हुन् । ओलीले ९३६ मत प्राप्त गरेका छन् ।

महिला उपाध्यक्षमा पार्वता विमली निर्वाचिन भएकी छिन् । विमलीले प्रतिष्पर्धी दुर्गा खतिवडालाई ५४७ मतअन्तरले पछि पार्दै विजयी भएकी हुन् । विमलीले १ हजार २६७ मत प्राप्त गर्दा खतिवडाले ७२० मत प्राप्त गरेकी थिइन् । यता महासचिवमा सुवास भट्टराईलाई २५५ मतले पछि पार्दै प्रशान्त भण्डारी विजयी भएका छन् । भण्डारीले १ हजार १३० मत प्राप्त गर्दा भट्टराईले ८७५ मत प्राप्त गरेका थिए ।

यसैगरी सचिवतर्फ उद्योग सचिवमा ११६४ मत प्राप्त गर्दै रविन्द्र भट्टराई निर्वाचित भएका छन् । निकटम प्रतिष्पर्धी राजन थापाले ८२३ मत प्राप्त गरेका छन् । वाणिज्य सचिवमा प्रकाश घिमिरेले प्रतिष्पर्धी घनश्याम चौधरीलाई ४५ मतले पछि पारी विजयी भएका छन् । चौधरीले ९७१ मत प्राप्त गरेका छन् ।

यसैगरी कोषाध्यक्षमा २३९ मतअन्तर पार्दै मनोज अग्रवाल निर्वाचित भएका छन् । पवन खेडियालाई २३९ मतअन्तरले पछि पार्दै अग्रवाल निर्वाचित भएका हुन् । खेडियाले ८५८ मत प्राप्त गरेका थिए ।

बाणिज्य संघको निर्वाचनमा व्यवसायीहरु अलगअगल प्यान बनाएर प्रतिष्पर्धामा उत्रिएका थिए ।

त्यसैगरी सदस्यहरुमा खगेन्द्र खरेल, कुशल खतिवडा, राजकुमार घिमिरे, गौरीशंकर गुप्ता, सञ्जीव घिमिरे, राजकुमार साह र राजु सापकोटा, विजयी भएका छन् । यता महिला सदस्यतर्फ उर्मिला खरेल र राधिका चुँडाल निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: