विर्तामोड खानेपानीमा लोकतान्त्रिक प्यानलै विजयी

  प्रकाशित मिति
६ माघ २०७२, बुधबार ०२:०६


jk gurung

विर्तामोड । बिर्तामोड साना शहरी तथा खानेपानी उपभोक्ता संस्थाको उपाध्यक्षमा पर्शुराम सिटौला निर्वाचित भएका छन् ।

सोमबार सम्पन्न निर्वाचनको मङ्गलबार साँझ भएको अन्तिम मत परिणाम अनुसार सिटौलाले १ हजार २२ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी डम्बरबहादुर बस्नेतले ५ सय ३ र गणेश कुमार शाक्यले १ सय ८३ मत ल्याएका छन् ।

त्यस्तै कोषाध्यक्षमा राधा देवी सुब्बा निर्वाचित भइन् । उनले ९ सय ६६ मत ल्याइन् । सुब्बाका प्रत्यासी कमलप्रसाद पौडेलले ७ सय ५ मत प्राप्त गरे । सदस्यमा पारसमणि मैनाली (६सय ८८) र देवेन्द्र सिटौलाले (८ सय १५) मत ल्याई विजयी भए । बलराम सिटौला ५ सय ५८, शिवलाल खतिवडा ३सय ६, गणेशकुमार कन्ङ्वा (३ सय १) उत्तमकुमार श्रेष्ठ (३ सय १३) र कुमार राईले (३ सय १५ ) मत ल्याए ।

radha

महिला सदस्यमा मायादेवी प्रधान , बालादेवी खरेल र मैयादेवी शिवाकोटी निर्वाचित भए । प्रधानले ९ सय २०, खरेल र शिवाकोटीले ९ सय ६७ मत ल्याएका छन् ।

सङ्गीता रौनियार ४ सय ९३, भगिरथा आचार्य ५ सय १८, कवितादेवी डाँगी ४ सय७६, मुनाकुमारी विष्टले ४ सय ९६ मत ल्याए ।
संस्थाको अध्यक्षमा जलकुमार गुरुङ र सचिवमा मेघराज बास्तोला यस अघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचनमा १ हजार ९ सय ५५ जनाले मत दान गरेका थिए ।

meghraj bastolaखसेको मत मध्ये १५ प्रतिशत मत बदर भएको निर्वाचन अधिकृत टङ्क उप्रेतीले बताए । विर्तामोड खानेपानीमा निर्वाचित हुने पदाधिकारी तथा सदस्य काङ्ग्रेस निकटका हुन् । संस्थामा सबै लोकतान्त्रिक समूहका उम्मेद्वार निर्वाचित भएको काङ्ग्रेसका एक नेताले बताए ।
खानेपानीमा ७ पदका लागि निर्वाचन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: