विर्तामोड जित्ने बैद्य माओबादीको आँट

  प्रकाशित मिति
१४ जेष्ठ २०७४, आईतवार ०९:११


balkrishna budathokiविर्तामोड । विगतमा चुनाव वहिष्कार गर्दै आएको मोहन बैद्य नेतृत्वको माओबादी पार्टीले यसपटकको स्थानीय तहको निर्वाचनलाई उपयोग गर्ने नीति लिएको छ ।

संसदीय व्यवस्थाको भण्डाफोर गर्न चुनावकै उपयोग गर्ने उसको नीति अनुरुप बैद्य अध्यक्ष रहेको नेकपा माओबादी क्रान्तिकारीले ‘देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल’को नामबाट चुनावमा भाग लिने भएको हो ।

मोर्चाले पहिलोपल्ट झापाको विर्तामोडमा मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिने भएको छ । मोर्चाले विर्तामोडमा मेयर जित्ने दावी गरेको छ ।
मोर्चाले शनिवार पत्रकार सम्मेलन गरी विर्तामोडको मेयर पदमा मोर्चाका जिल्ला सचिवालय सदस्य बालकृष्ण बुढाथोकीलाई उठाउने निर्णय भएको जनाएको छ ।

मोर्चाका झापा प्रमुख होमचन्द्र घिमिरेले पार्टीले चुनाव वहिष्कार नगर्ने नीति लिएको र विर्तामोडमा बुढाथोकीलाई मेयरको उम्मेद्वार बनाइएको जानकारी दिए ।

मोर्चाबाट मेयरका उम्मेद्वार बनेका बुढाथोकी विर्तामोडका पुराना माओबादी कार्यकर्ता हुन् । लामो समयदेखि कम्युनिष्ट राजनीतिमा निष्ठापूर्वक लागेको बताउने उनले विर्तामोडबासीको चाहनालाई सम्बोधन गर्ने गरी ११ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

उनको प्रतिबद्धतामा विर्तामोडलाई व्यवस्थित एवम् सुन्दर सहर बनाउने योजना पहिलो बुँदामा समेटिएको छ । अदुवा खोलालाई अतिक्रमणबाट मुक्त बनाउने, विपन्न नगरवासीको स्वास्थ्योपचार खर्च आधा स्थानीय सरकारबाट व्यहोर्ने, खानेपानी र ढलको व्यवस्था गर्ने, कालोबजारी र तस्करीतन्त्र निर्मूल पार्ने लगायतका विषयमा उनले प्रतिबद्धता जनाएका छन् ।

बुढाथोकीलाई जिताउन कमरेड मोहनको संयोजकत्वमा ५१ सदस्यीय चुनाव प्रचार समिति गठन गरिएको र साना दलहरुसँग तालमेलको प्रयास गरिने मोर्चाका जिल्ला प्रमुख घिमिरेले जानकारी दिए ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    lokta[email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: