विर्तामोड नगर अध्यक्षमा रोशन

  प्रकाशित मिति
२४ पुष २०७२, शुक्रबार ०२:४०


विर्तामोड, २४ पुस । राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठन विर्तामोडको प्रथम नगर अधिवेशनले रोशन थपलियाको अध्यक्षतामा नगर समिति गठन गरेको छ ।

२८ सदस्यीय समितिको उपाध्यक्षहरूमा बसन्त बुढाथोकी, विरेन्द्र श्रेष्ठ र विजय साह, सचिवमा सविन अधिकारी, सह सचिवमा सनम पुरी र कोषाध्यक्षमा अनमोल बुढाथोकी चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा मिजास पोख्रेल, विरेन्द्र थापा, धिरेन्द्र विक, यादव बस्नेत, बिकास रिजाल, गोविन्द गिरी, सन्तोष गुरुङ, शान्ति सम्बाहाम्फे, गोपाल कार्की, राजेन्द्र मैनाली, सुमन सिलवाल, देवेन्द्र पोख्रेल, विष्णु सिटौला, उमेश चौधरी, सन्तोष अधिकारी, सौरभ राजवंशी, विश्वास सिटौला, मनिष सुवेदी, राजकुमार कालिकोटे र योगेन थापा रहेका छन् ।

राप्रपा नेपालका केन्द्रीय सदस्य भक्ति सिटौलाको प्रमुख आतिथ्य एवम् युवक सङ्गठनका जिल्ला अध्यक्ष धु्रव उप्रेतीको अध्यक्षतामा भएको कार्यव्रmममा राप्रपा नेपालका जिल्ला अध्यक्ष अम्बरवहादुर विष्ट, अञ्चल सचिव कुमार भट्टराई, नगर अध्यक्ष शङ्कर रिजाल, किसान सङ्गठनका केन्द्रीय उपाध्यक्ष मानप्रसाद लिङ्देन लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: