विर्तामोड युनाटेड भेट्रान क्लवले चुम्यो उपाधि

  प्रकाशित मिति
६ चैत्र २०७४, मंगलवार १९:४५



काँकरभिट्टा । नेपाल–इण्डो भेट्रान फुटबल प्रतियोगिताको आज सम्पन्न फाइनल खेलको उपाधि विर्तामोड युनाटेड भेट्रान फुटबल क्लवले चुमेको छ ।

उपाधि चुमेसँगै भेट्रान क्लवले नगद राशी रु १ लाख २५ हजारसहित शिल्ड, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेता सुरुङ्गा भेट्रान फुटबल क्लव ले नगद राशी रु.५१ हजार प्राप्त गरेको छ ।
काँकडभिट्टा भेट्रान फुटबल क्लवको आयोजनामा काँकडभिट्टा माविको खेल मैदानमा गत माघ २६ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेलमा विर्तामोड भेट्रानले सुरुङ्गा भेट्रान फुटबल क्लवलाई ३–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफको १० मिनेटमा सुवास लिम्बूले गोल गर्दै आफ्नो टिमको अग्रता लिएका थिए । पहिलो हाफको २३ औं मिनेटमा विर्तामोडका सुवास लिम्बूले थप गोल गरेका थिए । दोस्रो हाफको २९ औं मिनेटमा विर्तामोडकै नगेन्द्रमणि लिम्बूले एक गोल गर्दै विजय सुनिश्चित गरेका थिए ।

फाइनल प्रतियोगिताको म्यान अफ दी म्याच विर्तामोडका सुवास लिम्बूले २१ सय रुपैयाँ नगद प्राप्त गरे ।
प्रतियोगिता अवधिभरको उत्कृष्ट प्रशिक्षक विर्तामोडका नविन लिम्बू, उत्कृष्ट मिड फिल्डर काँकरभिट्टाका राकेश श्रेष्ठ, उत्कृष्ट डिफेन्डर विर्तामोडका मोहन गुरुङ्ग, उत्कृष्ट गोल रक्षक सुरुङ्गाका सुवास मेचे, उत्कृष्ट फरवार्ड विर्तामोडका देउमान लिम्बू, सर्वाधिक गोलकर्ता विर्तामोडका सुवास लिम्बूले नगद राशी ३१ सय रुपैयाँ प्राप्त गरे ।

त्यसैगरी प्रतियोगिता अवधिभरका उत्कृष्ट खेलाडी विर्तामोडका नगेन्द्रमणि लिम्बू र ओल्डेज भेट्रान खेलाडी सुरुङ्गाका ५८ वर्षीय कुमार सापकोटाले ५१ सय रुपैयाँसहित शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगिताको फेयर प्ले टिम दार्जिलिङ्ग टाउन भेट्रान फुटबल क्लव भारतलाई ट्रफी र प्रमाण पत्र प्रदान गरियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: