विवादका कारण जनजातिले बजेट पाएनन्

  प्रकाशित मिति
८ असार २०७३, बुधबार १३:१५


दमक । अध्यक्ष पद नछाड्ने दुई जनाको अडानका कारण झापा, दमकका आदिवासी जनजातिले राज्यबाट पाउँदै आएको सुविधा पाएका छैनन् ।

नेपाल आदिवासी जनजाति महासङ्घ नगर अध्यक्षको दाबी गर्दै आउनुभएका मोहन धिमाल र अर्का अध्यक्ष वासुदेव राईबीच विवाद भएपछि महासङ्घले पाउने सुविधा गुम्दै गएको हो ।

नगरपालिकाबाट लक्षित वर्गअन्तर्गत आदिवासी जनजाति, मधेसी, मुस्लिम, वृद्धवृद्धामा रकम विनियोजन हुने गरेकोमा पछिल्ला दुई आवमा त्यस्तो हुन सकेको छैन ।

गत आव २०७१÷७२ मा लक्षित वर्गअन्तर्गत रु एक करोड ७५ लाख विनियोजन भए पनि आदिवासी जनजाति महासङ्घअन्तर्गतको रकम जातीय संस्थाले पाउन सकेनन् ।

त्यस्तै चालु आवमा पनि नगरभित्रका जातीय संस्थाले नगरपालिकाबाट कुनै रकम नपाएको स्थानीय जातीय संस्थाका अगुवाले भनाइ छ ।

राजवंशी समाज विकास समिति नगर अध्यक्ष भरुवा राजवंशी २०७० सालसम्म महासङ्घ नगर समन्वय परिषद्मार्फत जातीय विकासका लागि रकम विवादपछि राज्यबाट कुनैखाले सुविधा नपाएको बताए। विवादका नाममा जातीय संस्थालाई राज्यको सुविधाबाट वञ्चित गराउनु उचित नहुने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: