विवाद मिलाउन ‘माकुरा विधि’

  प्रकाशित मिति
२४ पुष २०७२, शुक्रबार १३:०३


????????????????????????????????????
विर्तामोड, २४ पुस । प्राकृतिक स्रोत तथा द्वन्द्व रुपान्तरण केन्द्र नामक गैरसरकारी संस्थाले द्वन्द्वको ठूलो कारणको रुपमा रहेको जग्गा विवाद सल्टाउन मेलमिलापको ‘माकुरा विधि’ प्रयोगमा ल्याएको छ ।

केन्द्रका संस्थापक अध्यक्ष चुपबहादुर थापाले आपसी संवादबाट द्वन्द्वरत पक्षको साझा हित गर्नका लागि ‘माकुरा विधि’ प्रयोगमा ल्याइएको शुव्रmवार यहाँ आयोजित पत्रकार भेटघाटमा बताए ।

उनका अनुसार केन्द्रले झापा, सुनसरीसहित १६ जिल्लामा मेलमिलापको कार्यव्रmम सञ्चालन गरिरहेको र जल, जमिन र जङ्गल सम्वन्धी ६५ वटा द्वन्द्वका घटनामा मेलमिलापको प्रव्रिmया अघि बढाइएको छ ।

‘माकुरा विधि’ अनुसार द्वन्द्वरत पक्षले विश्वास गरेका भद्र भलाद्मीहरूको एउटा समूह बनाएर आपसी संवादमार्फत दुबै पक्षको साझा हित पहिचान गर्दै मेलमिलापको विन्दुमा पुग्ने गरिन्छ । सहजिकरणका लागि चयन गरिने भद्रभलाद्मीको समूहलाई ‘माकुरा’ समूह भन्ने गरिएको हो ।

केन्द्रले यसका लागि ८४ जना तालिमप्राप्त सहजकर्ता परिचालन गरेको र अमेरिकाको म्याकनल फाउन्डेसनले आर्थिक सहयोग गरिरहेको संस्थापक अध्यक्ष थापाले बताए ।

संस्थाकी झापा सहजकर्ता सङ्गीता थापाले जिल्लाको ७ वटा द्वन्द्वका घटनामा केन्द्रले काम गरिरहेको र ३ वटा मुद्दा सफलताको अन्तिम चरणमा पुगिसकेको बताइन् ।

शान्तिनगरको गढीगाउँ मावि, बाहुनडाँगीको जनता मावि र शिवगञ्जको जनआदर्श उमावि र विद्यालयको जग्गाको जोतभोग गरिरहेका स्थानीय किसानविचको समस्या समाधानका लागि केन्द्रले ‘माकुरा विधि’को सफल प्रयोग गरेको सहजकर्ता थापाले बताइन् ।

‘हामी समुदायकै अगुवाको माकुरा समूह बनाएर द्वन्द्वको रुपान्तरण गछौँ’, केन्द्रका संस्थापक अध्यक्ष चुपबहादुर थापा भन्छन्–‘शरीरको कुनै पनि अङ्ग फाट्यो भने उपचार गर्ने प्रविधि रहेछ, तर मन फाट्यो भने त्यसको डाक्टरी उपचार छैन ।’

द्वन्द्वले फाटेका मन टाल्नु नै ‘माकुरा विधि’को उद्देश्य रहेको उल्लेख गर्दै उनले अदालत र अख्तियारले समेत मिलाउन नसकेको मुद्दा मेलमिलापबाट समाधान गर्न सकिने बताए ।

२०७० जेठ २७ गते स्थापना भएको केन्द्रले दुई वर्षको छोटो अवधिमै द्वन्द्व समाधानको नयाँ सूत्र पहिल्याएर प्रशंसा आर्जन गरेको छ । धनकुटा, सिन्धुपाल्चोक, कैलाली लगायतका जिल्लामा केन्द्रले थुप्रै विवाद ‘माकुरा विधि’ मार्फत मिलाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: