विशाल र रुविना उत्कृष्ट वर्ष खेलाडी

  प्रकाशित मिति
८ माघ २०७४, सोमबार १२:३५


विर्तामोड  । राष्ट्रिय फुटवलर विशाल रार्ई र क्रिकेटकी रुविना क्षत्रीले वर्ष उत्कृष्ट खेलाडी को पुरस्कार जितेका छन् ।

नेपाल खेलकुद पत्रकार मंच झापाले आइतवार विर्तामोडमा आयोजना गरेको ‘झापा स्पोर्टस अवार्ड’ नेपाली फुटवलका मिडफिल्डर विशाल र नेपाली क्रिकेटकी कप्तान क्षेत्री उत्कृष्ट खेलाडी घोषित भएका हुन् । उनीहरुले उपाधिसंगै जनही १५ हजार पुरस्कार जितेका छन् ।

युवा वर्ष खेलाडीको पुरस्कार डिफेन्डर देवेन्द्र तामाङले जितेका छन्। भने रमपम झापा ११ पिपुल च्वाइजतर्फ उत्कृष्ट टीम वन्यो । देवेन्द्रले फुटवलकै पूजन उपरकोटी र mिकेटकी सवनम राईलाई उछिन्दै पुरस्कार जितेका हुन् ।

पूर्व क्रिकेटर तथा नेपाल पुलिस क्लवका प्रशिक्षक मनोज कटुवाल वर्ष उत्कृष्ट प्रशिक्षक वने । गत वर्ष उनले आफ्नो टीमलाई चार वटा राष्ट्रिय स्तरका प्रतियोगितामा विजेता वनाएका थिए । कटुवालसंगै उत्कृष्ट प्रशिक्षकमा झापा ११ का संजय राई र करातेकी सीता राई मनोनयनमा परेका थिए ।
उत्कृष्ट खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट, एन्फाका केन्द्रीय सदस्य पंकज विक्रम नेम्वाङ, एन्फा पूर्वाञ्चल संयोजक जलकुमार गुरुङ, साहरा नेपालका प्रमुख कार्यकारी महेन्द्र गिरी, एन्फा झापाका अध्यक्ष भगिरथ आले मामा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापालगायतले जनी नदग १५ हजार पुरस्कार तथा ट्रफि प्रदान गरेका थिए । नगद पुरस्कार एन्फाका केन्द्रीय सदस्य नेम्वाङले दिवंगत भाइ फुटवलर आषिश विक्रम नेम्वाङको स्मृतिमा प्रदान गरेका थिए ।

सोही अवसरमा झापा ११ का खेलाडीद्धय योगेश गुरुङ र देवेन्द्र तामाङलाई क्रमशः निगाले सिमेन्टका संचालक होम पाण्डे र साहरा नेपालका प्रमुख कार्यकारी महेन्द्र गिरीले एक वर्षका लागि झापा ११ मा अनुवन्धनको घोषणा गरेका छन् । दुवै खेलाडीहरुलाई मासिक रुपमा २५÷२५हजार मासिक पारिश्रमिक दिने उल्लेख छ ।

सो अवसरमा प्रमुख अतिथि विष्टले खेलकुदको विकासका लागि स्पोट्स अवार्डहरु कोसे ढुंगा सावित हुने बताएका थिए । खेलकुद पत्रकार मंच झापाका अध्यक्ष रमेश समदर्शीले आगामी दिनमा अवार्डलाई निरन्तरता दिइने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: