विश्वका चर्चित धार्मिक गुरुहरु सताक्षीधाम आउँदै

  प्रकाशित मिति
२८ आश्विन २०७६, मंगलवार ०७:४०


झापा । ‘पर्यटन भ्रमण वर्ष–२०२०’ लाई लक्षित गरी नेपालमै पहिलो पटक गौ संरक्षणका लागि आयोजना गर्न लागिएको कोटीहोमको प्रचार नेपालमाभन्दा विदेशमा तीव्र भइरहेको छ । आउँदो कात्तिक २७ देखि मङ्सिर ९ गतेसम्म हुने १०८ कुण्डको कोटीहोमको अन्तर्राष्ट्रिय स्तरमा गरिएको प्रचारप्रसारकै कारण चर्चा हुन थालेको हो ।

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थित महाभारत इतिहाससँग जोडिएको धार्मिक तथा पर्यटकीय सताक्षीधाममा पहिलो पटक गौ संरक्षणका लागि १०८ कुण्डको कोटीहोम हुन लागेको हो । अन्तर्राष्ट्रिय विद्वत परिषदका प्रवक्ता आचार्य घनश्याम खनालले भारत, सिङ्गापुर, अमेरिका, जर्मन, मालदिभ्स, अफ्रिकालगायत अन्य मुलुकमा प्रचारप्रसार भइरहेको जानकारी दिए ।

पोस्टर, पम्लेटिङ, माइकिङ, ठाउँ–ठाउँमा कोटीहोमको महत्व र यसको आवश्यकताका विषयमा जानकारी दिएर अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसारलाई तीव्र बनाइएको प्रवक्ता खनालले जानकारी दिएका छन् । भारतको दिल्ली, वृन्दावन, मथुरा, गुजरात, हरिद्वार, मुम्वई, कलकता, बनारस लगायत पश्चिम बङ्गालमा प्रचारप्रसारका लागि सयौँ नेपालीभाषी र स्थानीय हिन्दुवादी स्वयम्सेवक परिचालित भएका छन् ।

आयोजकले नेपालबाहेक विश्वका २० हजार पर्यटक कोटीहोममा सहभागी हुने दाबी गरेको छ । यस्तै, नेपालका डेढलाख आन्तरिक पर्यटक सताक्षीधाम आएर कोटीहोममा सहभागी हुने आयोजकले बताएको छ ।

सताक्षीधाममा पाँचवर्ष अघिमात्रै स्थापित गोलोक गोवद्र्धन गौशालाले गाईको महत्व, आवश्यकता र शास्त्रीय गुणको बारेमा चेतना दिनुका साथै पर्यावरणीय शुद्धीका लागि कोटीहोमको आयोजना गर्न लागिएको बताएको छ ।

गौशालका पिठाधीस आचार्य नन्दकिशोर भारद्वाजले कोटीहोमसँगै श्रीसताक्षी अष्टोत्तर शत्कुण्डीय श्री गोपाल महायज्ञ (कोटीहोम) एवम् श्रीमद्देवीभागवत कथा महोत्सवसमेत आयोजना हुने बताएका छन् । गौशाला स्थापनापछि सताक्षीधाममा वर्षेनी धार्मिक महोत्सव आयोजना हुँदै आएको छ ।

कोटीहोममा नेपाललगायत विश्वका ५५१ जना ब्राम्हणले दैनिक होम गर्ने आयोजक गोलोक गोवद्र्धन गौशालाले जनाएको छ । ठूलो सङ्ख्यामा पोल्याण्ड, सिङ्गापुर, भारत, अमेरिका, जोर्डन र जर्मनका चर्चित धार्मिक गुरुहरु वक्ताको रुपमा सताक्षीधाम आउने कार्यक्रम रहेको छ ।

…………………..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: