विश्वनाथ श्रेष्ठ केन्द्रीय सदस्य मनोनित

  प्रकाशित मिति
७ श्रावण २०७४, शनिबार १८:०३


biswanathभद्रपुर । झापाका पुराना राजनीतिज्ञ विश्वनाथ श्रेष्ठ एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी)को केन्द्रीय सदस्य मनोनित भएका छन् ।

स्थानीय तहको चुनाव अघि नै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका उनलाई विहीवार डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रबादी)ले केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

कमल थापासँग असहमति भए पछि डा. लोहनीले एकीकृत राप्रपा (राष्ट्रबादी) गठन गरेका हुन् । विहीवार एकीकृत राप्रपाको केन्द्रीय सम्पादन समितिको बैठक काठमडौँमा बसेको थियो । सोही बैठकले झापाका श्रेष्ठलाई केन्द्रमा तानेको हो ।

उद्योगपति र राजनीतिज्ञको रुपमा परिचित श्रेष्ठ भद्रपुर निवासी हुन् । उनी राप्रपाको स्थापनाकालदेखिकै सदस्य हुन् भने पञ्चायतकालमा समेत उनी झापाका शक्तिशाली पञ्चायतबादी नेता मानिन्थे ।

कमल थापा नेतृत्वको राप्रपामा लामो समय रहेर पनि श्रेष्ठले त्यो पार्टी छाड्नुको कारण पार्टीभित्र आन्तरिक लोकतन्त्र नरहेको र पार्टी मूल सिद्धान्त र लक्ष्यबाट विचलित भएको बताएका छन् ।

राप्रपामा केही नेताको नाताबाद र निर्देशित राजनीति हावी भएको श्रेष्ठको आरोप छ । त्यहीकारण हालैको स्थानीय तहको चुनावमा राप्रपाले देशब्यापी हार व्यहोर्नु परेको उनी विश्लेषण सुनाउँछन् ।

हाल झापामा विर्तामोडका लक्ष्मी ओडारीको नेतृत्वमा एकीकृत राप्रपा (राष्ट्रबादी)को जिल्ला तदर्थ समिति रहेको छ । गाउँ र नगरमा सङ्गठनलाई अब विस्तार गरिने योजना रहेको केन्द्रीय सदस्य श्रेष्ठले बताएका छन् ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: